राष्ट्रिय कलाकारहरूको यस्तो हर्कत - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

राष्ट्रिय कलाकारहरूको यस्तो हर्कत



हिमालपोस्ट संवाददाता/ काठमाडौं | 
नेपाली कला क्षेत्रमा दिनहुँ केही न केही विवादहरूले स्थान बनाउन थालेका छन् । पछिल्लो हप्ता शिल्पा पोख्रेल र छवि ओझाको काण्डले बजार कब्जा गर्‍यो, त्यस लगत्तै सम्रागी राज्यलक्ष्मी शाहको प्रेमीको फोटो काण्डले सनसनी मच्चायो ।
यो भन्दा अगाडी पनि यस्ता काण्ड नभएका भने होइनन् । दिनहुँ जसो युट्युब ट्रेन्डिङमा कला क्षेत्रका केही न केही कहानीले भरिएका हुन्छन् । पत्रिकाका पत्रहरूमा हरेक साता यही क्षेत्रका केही कहानी छापिएका हुन्छन् । नाम चलेका अनलाइनमा दैनिक केही न केही भाइरल बनिरहेका हुन्छन् ।
यस्तो खालको बिजोगबाट लोक सङ्गीत क्षेत्र पनि अछुतो भने छैन । यो क्षेत्रमा पनि दिनहुँ काण्डहरू मच्चिन्छन्, फरक फरक पात्रहरूका फरक फरक कृत्य छताछुल्ल हुन्छन् । कोही चर्चित बन्नको लागि आफै काण्ड उत्पादन गर्छन् त कोही उनीहरूको काम र अभिव्यक्तिले विवादमा आउने गर्छन् ।
अहिले भने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका पदाधिकारी सहितका कलाकारहरूको बिना वस्त्रको (नाङ्गो) फोटो र भिडियो सार्वजनिक भएको छ । त्यो पनि तीज गीतमा नाच्दै गरेको ।
चर्चित गायक पशुपति शर्मा, राजु ढकाल, वैकुण्ठ महत र नरेश खाती भिडियोमा देखिएका छन् । भिडियो कसले खिचेको हो त्यो भने जनाइएको छैन ।
आफै विकृति र विसङ्गतिहरूलाई पाखा लगाउने जिम्मा पाएका र धेरै समर्थक र प्रशंसक कमाएका कलाकार नै निर्वस्त्र नाचेको यो फोटो र भिडियो सार्वजनिक भएपछि उनीहरू विवादमा तानिएका छन् ।
केही प्रशंसकहरूले निर्लज्ज कलाकार भन्दै आलोचना गरेका छन् भने कहिले तीज गीतमा यसरी नाचेर महिलाको अपमान गरेको भनेका छन् ।