अर्थमन्त्री खतिवडाले जारी गरेको श्वेतपत्रमा हुनुपर्ने कुनै गुण छैन :नेता महत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अर्थमन्त्री खतिवडाले जारी गरेको श्वेतपत्रमा हुनुपर्ने कुनै गुण छैन :नेता महत



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रको आलोचना गरेका छन् ।

आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्थमन्त्री अतिवडाले ल्याएको श्वेपत्र श्वेतपत्रमा हुनुपर्ने कुनै गुण नभएको खालको भएको टिप्पणी गरे । उनले चेरी पिकिङ झैं तथ्यांकलार्इ असान्दर्भिक समयमा उल्टो ब्याख्या गरी अर्थतन्त्रलार्इ खराब देखाउन खोजेको अारोप लगाए ।

“श्वेपत्रमा हुनुपर्ने गुण नै छैन,” डा. महतले भने, “नराम्रा कुराहरु मात्रै अघि सारेर देखाउन खोजियो । सकारात्मक पक्ष दबाइयो । अर्थमन्त्रीको प्रोफेसनालिज्म देखिएन । काठमाडौंको तस्बिर देखाउनुपर्यो भने फोहोर मात्रै देखाउन खोजिएजस्तो श्वेतपत्र ल्याइयो ।”

अहिले तथ्यांक खराब देखाएर पछि आफूले यति गरेँ भनेर देखाउन यस्तो ल्याइएको डा. महतको भनाई थियो । “यो श्वेतपत्र होइन, रेडपेपरजस्तो देखियो,” उनले भने ।