अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा के भेटियो ? - Himal Post Himal Post
  • २९ आश्विन २०८१, मंगलवार
  •      Tue Oct 15 2024
Logo

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा के भेटियो ?



काठमाडौं-पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गर्ने निर्णय गरेको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबारै अर्थ मन्त्रालयका राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए । उनले आजै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताउ ।

सचिव अर्यालले आज प्राविधिक विषय सीसीटीभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समय सीमाभित्र नै टुंगो लगाउने गरी अघि बढेको बताए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।