आर्सनललाई उपाधि नहुने , एथ्लेटिको मड्रिड फाइनलमा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आर्सनललाई उपाधि नहुने , एथ्लेटिको मड्रिड फाइनलमा



आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गर, जो यो सिजनको अन्त्यसँगै क्लबबाट बाहिरिँदै छन्, उनले अन्तिम पटक आर्सनलबाट उपाधि उचाल्ने सम्भावना टरेको छ ।

२२ वर्षदेखि आर्सनलको जिम्मेवारी सम्हाल्दै आएका वेङ्गरले यो सिजन सकिएसँगै क्लब छोड्ने बताइसकेका छन् ।

इंग्लिस प्रिमियर लिगमा खराब अवस्थामा रहेको आर्सनलको यो सिजन उपाधि आश युरोपा लिगमा थियो । तर युरोपा लिग फुटबलको सेमिफाइनल अन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा आर्सनल स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भयो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा डिएगो कोस्टाले पहिलो हाफको इन्जुरी समयका गरेको गोलबाट जित निकालेको एथ्लेटिको समग्रमा २–१ जितसहित फाइनलमा पुगेको छ । पहिलो लेगमा आर्सनलले आफ्नै मैदानमा एथ्लेटिकोसँग १–१ को बराबरी खेलेको थियो ।

आर्सनलका लागि खराब बनेको रात थप खराब त्यसबेला बन्यो, जब दोस्रो हाफमा कप्तान लोरेन्ट कोसिएल्नी चोटग्रस्त भए । कोसिएल्नी मैदानमा लडेर रोए, फ्रान्सेली उनी आउँदो जुनमा हुने विश्वकपमा खेल्न नसक्ने सम्भावना छ ।