सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ



धनगढी । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । –रासस