लोकतान्त्रिक कानुन व्यवसायी बाहेक विकल्प छैन ढुक्क सङ्ग मत दिनुस् : अध्यक्ष अधिकारी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

लोकतान्त्रिक कानुन व्यवसायी बाहेक विकल्प छैन ढुक्क सङ्ग मत दिनुस् : अध्यक्ष अधिकारी



तेजेन्द्र पाण्डेय/काठमाडौं: डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारीले नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक कानुन व्यवसायी बाहेक अर्को कुनै विकल्प नरहेको बतायका छन् ।

एसोसिएसनको निर्वाचन नजिकिँदै गरेको समयमा हामी सङ्ग निर्वाचन केन्द्रित कुरा गर्दै अधिकारीले भने ” चैत्र १६ गतेको नेपाल बारको निर्वाचनमा लोकतान्त्रिक कानुनब्यबसायीलाइ सबै कानुनब्यबसायिले अत्यधिक मत दिन जरुरी छ। अहिलेको यो परिवेशमा सुनिल पोखरेलको समूह बाहेक अरू कसैको विकल्प छैन,देशमा संविधान कार्यन्वयन र न्यायिक स्वतन्त्रताका लागी लोकतान्त्रिक कानुनब्यबसायिको प्यानल नै विजयी हुन आवश्यक छ ।म सबै कानुनब्यबसायिलाइ आग्रह समेत गर्दछु “।

हजारौँ कानुनब्यबसायिको समर्थन आइरहेको कुरालाई जोड दिँदै अध्यक्ष अधिकारीले भने ” हामीहरू न्यायका लागी लड्नेछौ,सबै क्षेत्रका कानुन व्यवसायीको हितका लागी काम गर्नेछौ ,अन्यायको विरुद्धमा कहिले पछि हट्नेछैनौ ,तपाइहरूले गरेको समर्थन हाम्रा लागी ठुलो सहयोग हुनेछ ” ।