पत्रकार गिरी साधारण तारेखमा रिहा - Himal Post Himal Post
  • ४ श्रावण २०८३, सोमबार
  •      Mon Jul 20 2026
Logo

पत्रकार गिरी साधारण तारेखमा रिहा



काठमाडौं : पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई रिहा गरेको हो।

पत्रकार गिरीको तर्फबाट बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु, स्वागत नेपाल, भक्तिराम घिमिरे, मानबहादुर लामिछानेले बहस गरेका थिए। केही दिन अघि पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले केही दिनअगाडि ‘ठग १ बदमास वीपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलाई आधार बनाएर बतासले सिआइबीमा गिरिविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए।

विपिन बतास विपेन्द्रराज बतास ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरी ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको गिरिले लेखेको समाचारमा उल्लेख छ। श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि गिरीले आफू आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा समाचार प्रकाशित गरेका थिए।