अर्जुन कुर्मी भन्छन्- एजेण्डा र भिजन दमदार छन्, राम्रै अन्तरले चुनाव जित्छु - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

अर्जुन कुर्मी भन्छन्- एजेण्डा र भिजन दमदार छन्, राम्रै अन्तरले चुनाव जित्छु



रुपन्देही- लामो समयदेखि लुम्बिनी क्षेत्रमा विभिन्न अभियान चलाउँदै आएका हाल उपमेयरको लागि उम्मेदवारी दिएर चुनावी अभियानमा खटिएका अर्जुन कुर्मीले आफूले चुनाव राम्रै अन्तरले जित्ने बताएका छन् ।

निर्वाचन आयोगले चुनाव चिन्ह दिएपछि लुम्बिनीका मतदाताको घरघरमा पुगेका कुर्मीले स्थानीय जनताले गरेको मायाका कारण आफूलाई थप हौसला मिलेको भन्दै समेत बताएका छन् । जनताले बितेको पाँच वर्षमा धेरै बुझ्ने मौका पाएका कारण अहिले युवा र क्षमतावान जनप्रतिनिधि खोजेको उनले बताए ।

हिमालपोस्टसँगको छोटो कुराकानीमा उनले जनप्रतिनिधि हुँदा पनि आफूले युवाका मुद्दा, पर्यावरण संरक्षणका योजना र पर्यटन प्रवर्दनमार्फत लुम्बिनी क्षेत्रमा ल्याउन सकिने सम्वृद्धि लगायतका धेरै विषयमा अभियान चलाएकाले अब जनताको सेवामा पूर्णरूपले समर्पित भएको उनले बताएका छन् ।

कुर्मीले विभिन्न सामाजिक कार्यमार्फत लुम्बिनी क्षेत्रमा अलग्गै पहिचान बनाएका छन् । युवाहरूमाझ निकै लोकप्रिय कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि उनको प्रतिस्पर्धामा रहेका उपमेयर पदका अन्य २२ जना उम्मेदवार छायाँमा परेका छन् । लुम्बिनी क्षेत्रकै लेही युवाहरूले अर्जुन मेयरमा लड्ने हैसियत भएका युवा भएकाले उनको चर्चा बढी भएको बताउने गरेका छन् ।

अहिले उनको चुनावी अभियानमा यस क्षेत्रका सयौँ युवाहरू खटिएका छन् । म आफै पनि युवा र लुम्बिनी क्षेत्रको प्रवर्दनमा लामो समय काम गरेकाले स्वतस्फुर्त रूपमा मलाई आफ्नो क्षेत्रका जनताले साथ् दिएका छन् । जितेपछि मैले उहाँहरूको काम गरिदिन्छु भन्नेमा मेरा नगरबासी ढुक्क हुनुहुन्छ त्यसैले मैले धेरै समर्थन पाएको छु, अर्जुनले भने ।

कुर्मी लामो समयदेखि युवाको समस्याका बारेमा काम गरिरहेका युवा भएकैले पनि उनको चर्चा हुने गरेको यहाँका स्थानीयहरू बताउँछन् । उनले पर्यावरण, बन्यजन्तु संरक्षण र पर्यटन प्रवर्दन अभियानमा अभियानताका रूपमा लामो समयदेखिकाम गरिरहेका छन्।

गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठुलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्दनमा अब फरक अभियान चलाउनुपर्ने बताउँछन् । स्वास्थ्य र शिक्षा फ्री, जेष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरू रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबीजन, सिंचाईको लागि नहर, फ्री वाईफाई जोन, विद्यालय स्तरोन्नती, अंग्रेजीमा पढाइ, खुला ब्यायम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाईको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्व्यंसेविकालाई सेवा सुबिधा बढाउने, होम स्टे संचालन, लुम्बिनीलाई ग्रीन र क्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तरास्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि निशुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भंसार बनाउने लगायतका एजेण्डा लिएर उनले चुनावी अभियान थालेका छन् ।

लुम्बिनीका स्थानीय तथा युवाहरूले कुर्मी आफै भिजन भएका युवा भएकाले काम गर्न सक्ने बताउने गरेका छन् । केहि युवाहरूले त उनलाई मेयर पदमै उठ्नका लागि अभियान चलाएका थिए ।

उनका बाबु गंगाराम कुर्मी लामो समयदेखि राजनीति र समाजसेवा गरेका व्यक्ति हुन् । अर्जुनलाई चुनावमा होमिनको लागि उनकै बाबु गंगारामले हौसाएका हुन् । गंगाराम आफै नउठेर युवालाई अगाडी सारेकोमा पनि युवाहरू उत्साही बनेका छन् ।

कस्ता छन् उनका प्रतिस्पर्धी ?

लुम्बिनी सांस्कृतिक नगरपालिकामा उपमेयरमा २२ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्य केहि विभिन्न दलबाट छन् भने केहि स्वतन्त्र उम्मेदवार छन् । उपमेयरमा नेकपा एमालेबाट कल्पना हरिजनले उम्मेदवारी दिएकी छन् । उनी निजि विद्यालयकी संचालिका हुन् । त्यस्तै जनता प्रगतिशील पार्टी नेपालबाट जानकी देबी श्रीवास्तव उपमेयरकी उम्मेदवार छन् । उनी यसअघिकी उपमेयर हुन् । उनी ७१ वर्षकी छन् ।

त्यस्तै उपमेयरको प्रतिस्पर्धामा ठेक्कापट्टा व्यवसायी नियव कुमार श्रीवास्तव पनि स्वतन्त्र उपमेयर पदका उम्मेदवार हुन् । नेपाली कांग्रेसबाट पुष्पा उपाध्याय पनि उपमेयरको मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमिला यादव मैदानमा छन् उनी गृहणी हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाटशान्ति देवी यादव पनि उठेकी छन् । उनी पनि गृहणी हुन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट कृषि विकाश बैंकका पूर्वकर्मचारी सपियुल रहमान अन्सारी पनि चुनावी मैदानमा छन् ।
जनता सामाजवादी पार्टीबाट सबनम जहाँ सेख उम्मेदवार छन् । उनी शिक्षक हुन् । त्यस्तै जनमत पार्टीले २६ वर्षकी सिन्धिया लोधलाई उठाएको छ । उनी लगायत २२ जना प्रतिस्पर्धीमा कुर्मीको नाम सबैभन्दा अगाडी आउने गरेको छ । यस क्षेत्रमा अर्जुनले उपमेयरमा जित्ने धेरैजसो स्थानीयको दाबी छ ।

यस्ता छन् कुर्मीका एजेण्डा:

एक घर एक उद्यमी
युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान
कृषकको लागि किसान कार्डमार्फत बिउबीजन
सिंचाईको लागि नहर बनाउने
फ्री वाईफाई जोन बनाउने
विद्यालय स्तरोन्नती, अंग्रेजीमा पढाइ
खुला ब्यायम स्थल बनाउने
किशोरीको पढाईको लागि प्राविधिक विद्यालय
रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फी फ्री
स्वास्थ्यकर्मी र स्व्यंसेविकालाई सेवा सुबिधा बढाउने
होम स्टे संचालन गर्ने
लुम्बिनीलाई ग्रीन र क्लीन सिटी बनाउने
लुम्बिनीमा अन्तरास्ट्रिय लगानी भित्र्याउने
घातक रोगको लागि निशुल्क स्वास्थ्य सेवा दिने
कालिदा भन्सारलाई ठूलो भंसार बनाउने