अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै



काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ । संगीतका विभिन्न विधा हुन्छन् । विशेष गरी संगीतलाई पप, आधुनिक, लोक, लोकपप लगायतका विधामा विभाजन गरिएको छ । त्यस्तै, संगीत सागरको दुनियाँमा प्रवेश गरेका उदयमान गायक अर्जुन पौडेलले स्वर दिनुभएको गीत ‘देखिरन्छु जहिले’ को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदैछ । गीतको छायांकन सकिसकेकाले अहिले म्युजिक भिडियो मिक्सिङ्गका क्रममा छ ।

नवलपुरका उदयमान गायक पौडेलको लोकपप गीत ‘देखिरन्छु जहिले’मा अर्जुन मादेन लिम्बूको शब्द संगीत र क्षितिज कुलुङको एरेन्जमा तयार भएको छ । यस गीतमा भने स्वयम् गायक अर्जुन पौडेल, अर्जुन मादेन लिम्बू र निरन्जली लामालाई देख्न सकिने यस भिडियोमा निर्मल सुब्बा “आशिष” र सन्तोष आले मगरले पनि अभिनय गरेका छन् । ललितपुरस्थीत सिलौती रिसोर्टमा छायांकन गरिएको भिडियोमा संगीता चन्दको श्रृङ्गार, मेघराज मगरातीको छायांकन तथा सम्पदन र दिनेश माङ्मुको निर्देशन रहेको छ । सो गीतको म्युजिक भिडियो भने केही दिन पछि सार्वजनिक हुने निर्देशक दिनेश माङ्मु र गायक अर्जुन पौडेलले बताएका छन ।