खुला महिला केन्द्रीय सदस्यको मतगणना: पछि परिन आरजु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

खुला महिला केन्द्रीय सदस्यको मतगणना: पछि परिन आरजु



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।

९ जना निर्वाचित हुने यो समूहमा डिला संग्रौलाले अग्रता लिएकी छन्।

१३ सय ६४ मत गणना हुँदा संग्रौलाले ८२५ र पुष्पा भुसालले ८०२ मत ल्याएका छन्।

प्रधानमन्त्री पत्नी आरजु राणाले पनि ७०२ मत ल्याउँदै तेस्रो स्थानमा छिन्।

शीर्ष ९ मा देउवा पक्षका ७ र डा. शेखर कोइराला पक्षका २ जना छन्।

हालसम्म अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईंको ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत छ।

यस्तोमा सरिता र अनिता मात्रै कोइराला पक्षका हुन्। यसअघि खुलातर्फ ३५ केन्द्रीय सदस्यको मतगणना सकिएको छ। जहाँ देउवा पक्ष नै हाबी भएको छ।