आरजु र मञ्जु पनि निगरानीमा- प्रमाण जुटाएर पक्राउ गर्ने तयारी - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

आरजु र मञ्जु पनि निगरानीमा- प्रमाण जुटाएर पक्राउ गर्ने तयारी



काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै प्रहरीले ‘नाम मुछिएका’ अन्यलाई पनि प्रमाण जुटाएर पक्राउ गर्ने तयारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ । भने सार्वजनिक भएको अडियोको पनि अध्ययन भइरहेको बताइएको छ ।

प्रहरी स्रोतकाअनुसार उनीहरू माथि निगरानी राख्ने काम भइरहेको छ । अदियोबाट थालिएको अनुसन्धानले प्रमाण नजिक पुगेको समेत स्रोतले बतायो ।

एक प्रहरी अधिकारीले भने “सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ, केही प्रमाणको नजिक पुगिएको छ ।”

त्यस अडियोमा नाम लिइएका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाँणको संलग्नताबारे प्रमाण जुटाउने प्रयासमा प्रहरी लागिरहेको बताइएको छ ।

उनीहरु पनि दोषी देखिए पक्राउ गर्ने तयारी प्रहरीले गरेको बताइएको छ ।

सार्वजनिक भएको एक अडियोमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाँणको नाम लिइएको छ ।