पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा ज्यान दिन तयार : अर्घाखाँचीबासी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा ज्यान दिन तयार : अर्घाखाँचीबासी



कमला पोख्रेल
सन्धिखर्क १० पुस । अर्घाखाँचीबासीले पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन ।
पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संविधान सम्सोधन प्रस्ताब दर्ता भएको दिन देखिनै अर्घाखाँचीमा निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु समेत भैरहेका छन ।
गोरुसिंगे सन्धिखर्क सडकको स्याले बजारमा सडकमा बसेर पाँच नम्बर प्रदेसको पक्षमा ज्यान रहे सम्म लडिरहने प्रतिबद्धता सहितको सपथ लिएको संयुक्त संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कानले बताए ।
उपस्थित सबैलाई अधिवक्ता तथा ज्येष्ठ सदस्य टंकप्रसाद पोख्रेलले सपथ खुवाएका हुन । आईतबार १२ बजे देखि २ बजे सम्म दुई घण्टा अर्घाखाँचीका बजार, यातायात समेत बन्द गरिएको थियो ।
शपथ लिनु अघि सन्धिखर्कको शान्ती बगैचाबाट प्रदर्शन सुरु भई शान्ती बगैचा, मेन रोड, मिडीयाचोका, बैंकरोड ,शान्ती बगैचा हुदै स्याले बजारमा गएर शपथ लिएका हुन । उनीहरुले प्रदेश बचाउन जस्तो सुके मुल्य चुकाउन पनि तयार रहेको बताएका छन ।
शपथ पछि सम्बोधन गर्दै संयोजक बिष्णु मुस्कानले सबै नेता तथा कार्यक्रताहरु एकजुट भएर पहाड र तराई एक ठाउ बनाउन लाग्नु पर्ने बताए । उनले दलिय अडान भन्दा माथी उठेर देस र जनताको लागि काम गर्नु पर्ने बताएका छन ।