स्वतन्त्र पत्रकार संघ अर्घाखाँची अध्यक्षमा भुसाल, प्रहरीको बन्दुकमा भन्दा पत्रकारको कलममा शक्ति:पौडेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्वतन्त्र पत्रकार संघ अर्घाखाँची अध्यक्षमा भुसाल, प्रहरीको बन्दुकमा भन्दा पत्रकारको कलममा शक्ति:पौडेल



अर्घाखाँची, साउन १५

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारहरुले राजनीति गर्दा पत्रकारतीता पेशा संकटमा पर्ने बताएका छन् । उनले पत्रकारलाई चुनावमा भोट हाल्ने अधिकार भएपनि राजनीतिक पार्टीको प्रचार गर्ने अधिकार नभएको बताए । स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनलाई सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष बास्तोलाले पत्रकारले राजनीति गर्दा पत्रकारीता पेशा धमिलो बन्दै गएको बताए । ‘जनतालाई चुनावमा सहभागी गराई मतदान गर्न प्रेरित गर्ने काम पत्रकार कै हो’ उनले भने, ‘पत्रकार नै दलको पक्षमा लागेर प्रचार गर्दै हिड्नु पेशा प्रतिको इमान्दारीता होइन ।’ उनले पत्रकारीता र राजनीति सँगसँगै गर्न नहुने बताए ।

‘पत्रकार को कति स्वतन्त्र छ भन्ने चुनाव आएको बेला थाहा हुन्छ’ उनले भने, व्यवहारमा स्वतन्त्र नभइ भाषणले मात्रै हुँदैन ।’ उनले अर्घाखाँचीमा प्रेस नहुँदा पत्रिका बाहिरबाट प्रकाशित गर्नुपर्ने स्थिति रहेको थाहा पाउदा आफूलाई चिन्ता लागेको भन्दै सुविधा सम्पन्न प्रेस ल्याइ जिल्लाबाट दैनिक पत्रिका प्रकाशन गर्नु पर्ने बताए । उनले श्रमजिवि पत्रकार ऐन लागू गराउन सबै पत्रकार संगठित भएर लाग्नु पर्ने बताए । ‘पत्रकारले काम गरेको पारिश्रमिक नपाएर भोगभोकै बस्ने स्थितिको अन्त्य गर्नुपर्छ’ उनले भने, ‘पारिश्रमिक नदिने मिडियालाई कारवाही गर्न पछि पर्नुहुँदैन ।’

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पत्रकारीता पेशा समाजको ऐना भएको भन्दै सत्य तथ्य सूचना सम्प्रेषण गर्नु पर्नेमा जोड दिए । उनले पत्रकारले सार्वजनिक निकायबाट हुने कामको सधै निगरानी गर्दै खबरदारी गर्नु पर्ने बताए ।

प्रहरी नायव उपरिक्षक नवरत्नले प्रहरीको बन्दुकमा भन्दा पत्रकारको कलममा शक्ति धेरै हुने बताए ।

उनले पत्रकारले लेखेको एउटै समाचारले पनि समाज परिवर्तनमा ठूलो सहयोग पु¥याउने बताए । स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले जिल्लाको पत्रकारीता क्षेत्रको विकासमा जिल्ला विकास समितिले आवश्यक सहयोग गर्दै जाने बताइन ।

कार्यक्रममा नेपाली कांग्रेका जिल्ला सभापति विष्णु खनाल मुस्कान, एमालेका जिल्ला सचिव रामबहादुर चौहान, एकिकृत नेकपा माओवादीकी सहसचिव छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका नेता पशुपति ढकाल, अधिवक्ता बासुदेव आचार्य, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, देउराली यातयात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्का, प्रेस युनियनका सभापति सुर्यप्रसाद भुसाल, प्रेस चौतारीका अध्यक्ष हिमबहादुर जिसी लेकाली, प्रेस सेन्टरका अध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष विनोद गैरे, स्वतन्त्र पत्रकार संघका सल्लाहकार मुक्तिनाथ भुसाल लगायतले मन्तव्य राखेका थिए ।

DSC_0398

कार्यक्रम स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता, सदस्य डिल्लीराज घिमिरेको स्वागत मन्तव्य र सचिव शिव बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।

अधिवेशनले हरि प्रसाद भुसालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको निर्विरोध गठन गरेको छ ।

जस्को उपाध्यक्षमा अम्बिका श्रेष्ठ, सचिवमा शिव बेल्बासे, कोषाध्यक्षमा दिनेश गैरे रहेका छन । यस्तै सदस्यहरुमा बिक्रम पाण्डे, सुदिप केसी, निशा पोख्रेल सुनिल परियार, भुमबहादुर सुर्यवंशी रहेका छन् । पार्षद्मा मुक्तिनाथ भुसाल, डिल्लीराज घिमिरे, विशाल पाण्डे र महेश भुसाल चयन भएका छन् ।