अर्घाखाँचीमा जेबि दर्लामिको उपन्यास ‘यात्री’को परिचर्चा ।
कमल बिष्ट /अर्घाखाँची
अर्घाखाँचीका जिल्लाका साहित्यकार तथा पत्रकार जेवि दर्लामी द्वारा लेखिएको यात्री उपन्यासको परिचर्चा कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । लिपि वुक्स र रेडियो सुर्योदयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तकको अधिवक्ता जगन्नाथ भुसाल र कवि एवं कथाकार रुद्र ज्ञवालीको टिप्पणी गरका थिए । उपन्यासको टिप्पणी गर्दै उहाँहरूले लेखकले उपन्यासमा राष्ट्र प्रेमलाई प्राथमिकताका साथ उठाएको बताउनु भएको थियो । उहाँहरूले दर्लामीको उपन्यास पाठकको ध्यानलाई तान्न सक्ने खालको भएको बताउनु भएको थियो । उहाँहरूले उपन्यास निकै लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नु भएको छ ।
लुम्बिनी वाङमय साहित्य प्रतिष्ठानका कोषाध्यक्ष मञ्जु घिमिरेको अध्यक्षता, रेडियो सुर्योदयका स्टेसन म्यानेजर अर्जुन भुसालको स्वागत मन्तव्य र पत्रकार महासंका अध्यक्ष हिम बहादुर जिसी लेकालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा रेडियो सुर्योदयका अध्यक्ष सिद्धि प्रसाद भुसाल, पत्रकार महासङ्घका उपाध्यक्ष गणेश खनाल, साहित्यकार लीला ढुङ्गना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अपन्यास संसारका सबै मानिस यात्री भएको र कोही पनि आदिवासी वा आप्रावासी नभएको भन्ने विषयमा आधारित रहेको लेखक दर्लामीले बताउनु भयो ।