अर्घाखाँचीको खान र खनदहमा गरी १२२ जाना कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अर्घाखाँचीको खान र खनदहमा गरी १२२ जाना कांग्रेसमा प्रवेश



घनश्याम पौडेल अर्घाखाँची, २४ पुस
नेपाली कांग्रेस खन र खनदहको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले, माओवादी लगाएतका दल छोडी खनमा ८५ जना र खनदहमा ३७ जना कांग्रेसमा प्रवेश गरेको गाउँ कार्य समिती खन र खनदहले जानकारी दिएका छन ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानको प्रमुख अतिथ्यतामा, महाधिवेशन प्रतिनिधि कृष्ण खनाल, क्षेत्रिय प्रतिनिधि कमला खनाल लगाएतको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला सभापती मुस्कानले नेपाली कांग्रेस जनताको पार्टी, जनताको भावना समेटी अगाडी बढ्ने पार्टी भएकोले सवैलाई सक्रिय भएर लाग्न आग्रह गर्दै विकास निमार्णका काममा २४ सै घण्टा तयार रहेको बताउनुभयो ।

प्रवेश गरेकाहरुले कांग्रेसलाई बलियो र ठुलो पार्टी बनाउन कसम खाएका थिए । खनदहमा सम्पन्न कार्यक्रमको अध्यक्षता शोभाखर खनालको, टंक खनालको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै खनमा भएको कार्यक्रम खनका सभापती लक्ष्मणप्रसाद पोखरेलको अध्यक्षता, शोभाखर खनालको सञ्चालन र ठाकुर खनालको स्वागतमा सम्पन्न भएको हो ।