अर्घाखाँची काठमाडौँ कलाकार समाजको प्रथम वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अर्घाखाँची काठमाडौँ कलाकार समाजको प्रथम वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)



काठमाडौं/समीर प्रकाश पाण्डे

२०७३ मा स्थापना भएको अर्घाखाँची काठमाडौँ कलाकार समाजको पहिलो वार्षिक साधारण सभा लाजिम्पाटमा रहेको दरबार रोधि घरको हलमा सफलता पूर्वक सम्पन्न भएको छ ।

संस्थाका  अध्यक्ष मधुसुदन बन्जाडेको सभापतित्वमा सञ्चालन भएको उक्त  कार्यक्रममा ने.क.पा माअोवादी केन्द्रकी तत्कालीन प्रवत्ता पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य नेत्री. पम्फा भुसालको प्रमुख अथित्वमा रहेको  कार्यक्रममा विशिष्ट अथितिको रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी, पुर्व  अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सञ्चार विभाग प्रमुख वैकुण्ठ महत, चलचित्र जगतका महान् हस्ती नवल खड्का, लक्ष्मण रायमाझी , वसन्त श्रेष्ठ, लक्ष्मण देव पाण्डे, पी.यन सापकोटा, रिना वम मल्ल, शिवदेव पाण्डे लगायतका अथिति तथा शुभचिन्तकहरूको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोक संगीतको क्षेत्रमा अमूल्य योगदान पुराएको भन्दै तिन जना कलाकार बसन्त श्रेष्ठ, वैकुण्ठ महत, कमल सौराकलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रमको अनौपचारिक संन्चालन संस्थाका सचिव विश्वास नेपालले गर्दै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुति गरेका थिए भने संस्थाका कोषाध्यक्ष शम्भु कुवरले वार्षिक अार्थिक प्रतिवेदन प्रस्तुका गरेका थिए । यस्तै कार्यक्रमको अौपचारिक संन्चालन संस्थाका महा- सचिव कुशल वेल्वासेले गरेका थिए ।

यसै बिचमा जलजला बचाउ अभियानमा अर्घाखाँची स्वतन्त्र युवा समाज कतारले गरेकोरु. दश हजार सहयोग समाजसेवी शिवदेव पाण्डेको हातबाट संस्थाका अध्यक्ष मधुसुदन बन्जाडेलाई हस्तान्तरण गरिएको थियो ।