अर्घाखाँचीका मनोज भारतबाट ४ महिना देखी सम्पर्क विहिन - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

अर्घाखाँचीका मनोज भारतबाट ४ महिना देखी सम्पर्क विहिन



नयाँ दिल्ली /मंसिर ,२० 

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगञ्ज खैरेनी निवासी मोहन पोख्रेलका कान्छा छोरा २२ वर्षीय मनोज पोख्रेल विगत ४ महिना देखि सम्पर्कविहिन भएका छन् ।

२ वर्ष पहिले भारतको दिल्ली आएका मनोज केही महिना यता बाट उत्तर प्रदेशको इन्द्रपुरममा एक अस्पतालमा काम गर्दै आएका उनी घर जान्छु भनी त्यहाँबाट हिडेको उनका छिमेकी कृष्ण बहादुर बिकले जानकारी दिएका छन् । आज लगभग ४/५ महिना बिती सक्दा पनि अहिले सम्म घर नपुगेको र परिवारको कुनै सदस्य लगायत साथिभाई सँग पनि सम्पर्कमा नआएको मनोजका बाबु मोहन पोख्रेलले जानकारी दिँदै खोजनिती गरिदिन आग्रह गरे ।

गहु गोरो वर्णको छोटो कदका रहेका उनलाई भेटाउनु हुने देख्नुहुने महानुभाव जो कसैले पनि नजिकको प्रहरी कार्यालय मा खबर गरिदिनुहुन वा +९१९८७३४९७५८३, +९१९८७७६१२९०५, +९१९६१९४७५७७९ नेपालमा रहेका उनका बाबुको मोबाइल नम्बर +९७७९८४७५०३६३५ मा सम्पर्क गरिदिनुहुन मनोजका बाबुले अनुरोध गर्नु गरेका छन् ।