कांग्रेस एक्लैले चुनाव जित्छ : विसी - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

कांग्रेस एक्लैले चुनाव जित्छ : विसी



अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँची प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसीले नेपाली कांग्रेस एक्लैले चुनाव जित्ने बताएका छन । कांग्रेस देशको समृद्धीका लागी जनताको मन जितेर देशको पहिलो दल हो, कांग्रेसले बहुमत ल्याउँने भयो भने एमाले र माओवादी मिलेको नेता बीसीले बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अर्घाखाँची सुवर्णखालका विभिन्न ठाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता विसीले कांग्रेस अतालिएको छैन अर्घाखाँचीमा बरु गठबन्धन भएका दलहरु अत्तालिएका छन, कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन नेता विसीले भने ।
विसीले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेस नै आवश्यक भएको दावी गरे ।

उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी माओवादीका रायमाझी २०६४ सालदेखी पटकपटक मन्त्री भएपनी जिल्लाले विकासको गती नलिएकाले यसपाली जिल्लाबासीले अवसर दिने बताए ।

प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले क्षेत्र नम्बर २ को विकासका लागी आफ्ना प्रतिस्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने दावी गरे । कांग्रेसले अरु पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउदै विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताएका छन ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेलले विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताए । उनले देशलाई आर्थिक क्रान्तीको माध्यमबाट देसलाइ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताए ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव छविलाल पौडेल, महासमिती सदस्य यादवप्रसाद घिमिरे, नेता श्यामनाथ कास्यप, क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य माधव प्रसाद पौडेल, हेमन्त वेल्वासे, कांग्रेस नेता जय बहादुर टण्डन लगाएतले मन्तव्य राखे ।
कार्यक्रम सुवर्णखाल सभापती शन्तबहादुर सारुको अध्यक्षता र सचिव चिरन्जीवी बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।