अर्घादरवार फिल्मस् प्रा.लीले IAF सिङ्गिङ आइडल बहराइनका विजेतालाई उपहार स्वरूप एउटा गीत रेकर्ड तथा म्युजिक भिडियो बनाइदिने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अर्घादरवार फिल्मस् प्रा.लीले IAF सिङ्गिङ आइडल बहराइनका विजेतालाई उपहार स्वरूप एउटा गीत रेकर्ड तथा म्युजिक भिडियो बनाइदिने



समीर प्रकाश पाण्डे/साउन १८ 

अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइन ले प्रवासमा लुकेको प्रतिभालाई उजागर गर्ने तथा उनीहरूको प्रतिभालाई राष्ट्रिय स्तरमा नै परिचित गराउने उद्देश्यका साथ आयोजना गरिरहेको “आइ ए एफ सिङ्गिङ आइडल सिजन -२ बहराइन “लाई अर्घादरवार फिल्मस् प्रा.ली. सामाखुसी काठमाडौले आइडलका विजेता लाई उपहार स्वरूप एउटा गीत को रेकर्ड गराइदिने तथा उक्त गीतको म्युजिक भिडियो समेत बनाइदिने प्रतिबद्धता जाहेर गरेको छ ।

“प्रवासमा कठिन रोजगारीको वाबजुत पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई विशेष योगदान पुर्‍याउने प्रतिभावान कलाकारहरुलाइ थप हौसला प्रदान गर्न सकियोस र उहाँ हरुमा भएको प्रतिभालाई अगाडी बढाउन मद्दत पुगोस भन्ने हेतुले हामीले यस्तो मौका दिएको हो । ” अर्घादरवार फिल्मस् का सञ्चालक गायक, एरेन्जर तथा मोडल विश्वास नेपालले हिमाल पोस्ट सँगको कुराकानीमा बताए ” उनी भन्छन् यस्तो किसिमको कार्यक्रम परदेश मा आयोजना गरेर परदेशिएका प्रतिभावान कलाकार हरुको हौसला बढाउने महान् कार्य गरेको मा अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनपरिवार लाई हामी धन्यवाद दिन चाहान्छौ । “

मानामा स्थित डेल्मोन इन्टरनेशनल होटेल को प्राङ्गणमा हुने उक्त आइडल को फाइनल भने अङ्ग्रेजी महिनाको सेप्टेम्बर १ तारिख हुने भएको छ । नेपाल बाट चर्चित कलाकार हरू पप तथा आधुनिक गायिका तृष्णा गुरुङ ,हास्य कलाकार एवम् लोक गीतका सर्जक सुरज भिरखोइरे (वाग्ले) , लोक गायिका मिरा पोख्रेल तथा नेपाली तारा सिजन २ का उपबिजेता एवम् आधुनिक तथा पप गायक तारा लक्सम लिम्बु को विशेष उपस्थिति मा उक्त कार्यक्रम हुने भएको हो ।

साथै कार्यक्रमबाट सङ्कलित रकम सुदुरपश्चिम मा अझै पनि बिध्यमान रहेको छाउपडी कु-प्रथा अन्त्यको निमित्त लालीगुरास सेवा समाज बहराइनले थालेको १ बर्से अभियानलाई सहयोग पनि गरिने आयोजकले जानकारी दिएका छन् ।  तसर्थ उक्त अवसरमा सम्पूर्ण बहराइन बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरू कार्यक्रम मा उपस्थित भएर मनोरञ्जन मात्रै नभएर सुदुरपश्चिम मा हुने महिला हिंसा विरुद्ध को लडाइँ मा साथ र सहयोग गरिदिनुहुन पनि आयोजकले अनुरोध गरेका छन् ।