नेपाली जोतिषले भने अर्जेन्टिनाले खेल जित्छ ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाली जोतिषले भने अर्जेन्टिनाले खेल जित्छ !



अर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । आइसल्याण्डको भने यो नयाँ अनुभव हुनेछ । हालसम्म २ पटक मात्रै विश्वकपको उपाधि उचालेकोअर्जेन्टिनासँग विश्वका महान खेलाडी लियोनल मेसी छन् । त्यसकारण पनि अर्जेन्टिना विश्वकप जित्ने बलियो राष्ट्र बनेको हो ।

मेसी अर्जेन्टिनाको कप्तान हुन् । उनकै कप्तानीमाअर्जेन्टिना विश्वकप २०१८ मा उत्रिँदैछ । मेसीको लागि यो अन्तिम मौका पनि हुन सक्छ आफ्नो राष्ट्रलाई विश्वकप दिलाउने । मेसीका अन्य शारथीहरू पनि निकै लयमा छन् । डिफेन्स मिडफिल्ड र फरर्वाड लाइन पनि राम्रो भएको हुदाअर्जेन्टिनालाई उपाधि दाबेदार राष्ट्रका रुपमा हेरिएको छ ।

अर्जेन्टिनाले अहिलेसम्म सन् १९७८ र १९८६ गरी दुई पटक विश्वकपको उपाधि जितेको छ ।

पहिलोपटक विश्वकपमा छनोट भएको आइसल्याण्ड पनि उच्च लयमा रहेको छ । यस्तो अवस्थामा अर्जेन्टिना कुन रणनीति अपनाउने हो प्रशिक्षकमा भर पर्नेछ । विश्वकप छनोट खेलमा कठिन यात्रा गरेको अर्जेन्टिना सहज ग्रुपमा परेको बताउँदा आइसल्याण्डले आफुलाई सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

सबैभन्दा बलियो ग्रह चाहिँ अर्जेन्टिनाकै देखिन्छ । मेष राशिको अर्जेन्टिना अजेृीन्टनालाई खेल हुने देशको ग्रहले पनि साथ दिएको छ । खेल सुरु हुँदाका दिनका ग्रहहरुः महिना सूर्य, चन्द्रमा शनि, मंगल बृहस्पति, क्रमशः शिक्षाकारक, विदेश कारक र खेलकारक ग्रहहरु बलियो भएकाले पनि ज्योतिषीय नजरमा अर्जेन्टिनाले नै विश्वकप जित्ने सम्भावना बलियो छ । आइसल्याण्डविरुद्धको खेलमा पनि अर्जेन्टिना हावी हुने जोतिष ओझराज लोहनी बताउँछन् । उनका अनुसार अर्जेन्टिनाले खेल जित्ने सम्भावना रहेको छ ।