अर्जेन्टिना समूहको शीर्ष स्थानमा: खेल भने जितेन - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

अर्जेन्टिना समूहको शीर्ष स्थानमा: खेल भने जितेन



एजेन्सी- ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । अर्जेन्टिनाका लागि मेस्सीले गोल गरेका थिए । मेस्सीको यो ७३ औं गोल हो ।

यस बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।