सामसुङले एप्पलको फिचर चोरेको प्रमाणित, एप्पलले जित्यो मुद्दा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सामसुङले एप्पलको फिचर चोरेको प्रमाणित, एप्पलले जित्यो मुद्दा



सामसुङसँगको कपीराइट मुद्दामा एप्पल विजयी भएको छ । अमेरिकी अदालतले दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले एप्पलको आइफोनको फिचर चोरी गरेको ठहर गर्दै त्यसबापत ५३९ मिलियन अमेरिकी डलर एप्पललाई दिन आदेश दिएको छ ।

विश्वका दुई ठूला स्मार्टफोन कम्पनीबिच लामो समयदेखि चलेको मुद्दामा जुरीले निर्णय सुनाएको हो।

सन् २०११ मा सामसुङले आफ्ना केही ओजिनल फिचर चोरी गरेको भन्दै एप्पलले मुद्दा दायर गरेको थियो । त्यसपछिको वर्षमा एप्पलले १.०५ बिलियन अमेरिकी डलर पायो । तर दुवै कम्पनी अन्तिम रकमका लागि लडिरहेका थिए ।

एप्पलको तीन आइफोनको प्याटेन्टमा दखल दिएकोमा ५३३.३ मिलियन र बाँकी चाहिँ दुई फङ्गसनको प्याटेन्ट राइट चोरेको आरोपमा सामसुङले तिर्नु पर्ने भएको हो ।

एप्पलले एक वक्तव्य जारी गरेर जुरीको निर्णयको स्वागत गरेको छ । यो लडाईं पैसाका लागि नरहेको एप्पलले जनाएको छ । सामसुङले भने निर्णयको विरोध जनाएको छ ।