एप्पललाई लाग्यो ट्रेडमार्क चोरीको मुद्दा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एप्पललाई लाग्यो ट्रेडमार्क चोरीको मुद्दा



एप्पलले हालै सार्वजनिक गरी नोभेम्बरमा बजारमा ल्याउने तयारी गरिरहेको आइफोन एक्समा रहने एउटा महत्वपूर्ण फिचर विरुद्धमा ट्रेडमार्क चोरीको मुद्धा परेको छ ।

एक जापानी सफ्टवेयर कम्पनीले आइफोन एक्समा एप्पलले राख्ने भनेकोबल animoji नामक फिचरको ट्रेडमार्क आफ्नो रहेको भन्दै एप्पलले उक्त नामको ट्रेडमार्क चोरी गर्न लागेको भन्दै अमेरिकी अदालतमा मुद्धा दायर गरेको छ ।

टोकियोमा मुख्यालय रहेको Animoji कम्पनीले बुधबार सनफ्रान्सिस्कोस्थित संघीय अदालतमा एप्पल विरुद्ध मुद्दा दायर गरेको हो Animoji शव्दको अमेरिकी ट्रेडमार्क आफ्नो नाउँमा रहेको भन्दै कम्पनीले एप्पलले आफ्नो सहमति विना आइफोनमा उक्त नामको फिचर प्रयोग गर्नु ट्रेडमार्क अधिकारको गम्भीर हनन भएको उल्लेख गरेको छ ।

तर यस बारेमा प्रतिक्रिया दिन एप्पल प्रवक्ताले अस्विकार गरेका छन् ।

एप्पलको एनिमोजी फिचरबाट प्रयोगकर्ताले फेसियल रिकग्नीसन टेक्नोलोजीको प्रयोग गरी इमोजीको मुखाकृति एनिमेसन गर्न सक्ने बताइएको छ ।

स्मरण रहोस् इमोन्स्टर कम्पनीका प्रमुख कार्यकारी इनरिक बोनान्सीले सन् २०१४ मा Animoji नामक एनिमेटेड टेक्स्िटङ एप सार्वजनिक गरी त्यसको ट्रेडमार्क दर्ता गराएका थिए ।

यो एप एप्पलको एप स्टोरमा अहिलेपनि डाउनलोडका लागि उपलब्ध रहेको छ ।

एप्पल विरुद्ध दायर मुद्दामा भनिएको छः एनिमोजी एप पहिले देखिनै एप स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेको कुरा एप्पललाई पनि जानकारी भएकै कुरा हो । तर एप्पलले यहीँ नामको प्रयोग गरी दुनियालाई Animoji आफ्नो सिर्जना रहेको भनी बहानाबाजी गरेको छ ।

कम्पनीले एप्पल विरुद्ध हालेको मुद्धामा क्षतिपूर्तिको मूल्य खुलाएको छैन र मुद्धाको टुंगो नलागेसम्म एप्पललाई उक्त नामको फिचर आफ्ना आइफोनमा राख्नबाट रोक लगाउन माग गरेको छ । पत्रपत्रिकाको सहयोगमा