कञ्चनपुरको आनन्द बजारमा शसस्त्र प्रहरीको स्थायी पोष्ट स्थापना - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

कञ्चनपुरको आनन्द बजारमा शसस्त्र प्रहरीको स्थायी पोष्ट स्थापना



पुनर्वास, कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिकाको विवादित क्षेत्र आनन्द बजारमा शसस्त्र प्रहरीको बि ओ पी स्थायी पोष्टको बिधिवत रूपमा उद्घाघटन गरिएको छ ।

भारतीय सिमाना उत्तर प्रदेशको लखिमप्र खिरि सिमावर्ती भारतिय बजार बसही पर्दछ । पुनर्वासका अधिकांश नेपाली बसिन्दा केही सस्तो हुने लोभमा भारतीय बजार पुग्ने गर्दछन । भरातीय बजार आवत जावतमा सहज बनाउनका निम्ति गत २०७३ फाल्गुन २६ गते कञ्चनपुरको पुनर्वास न.पा. वडा नं. ४ अनान्द बजार स्थित करगिल डाँडाको खोल्सामा नगरपालिकाको बजेटमा नेपाली भुमीमा कल्भर्ट निर्माण गर्न लाग्दा भारतीय एस एसबीको अवरोध पछि तनाव श्रृजनाभएको थियो ।

उक्त विवाद चक्रिए पछि भरातीय एसएसबीले नेपाली भुमीमै प्रवेश गरि नेपाली माथि गोली चलाए जसबाट गोविन्द गौतम मारिए । सो घटना पश्चात सुरक्षाको दृष्टिकोणले अनान्द बजार कार्गिल डाँडामा दुई बर्ष देखि अस्थायी रूपमा नेपाल शासस्त्रको अस्थायी पोष्ट सञ्चालन हुँदै आएको थियो ।

आज देखि भने औपचारिक रूपमा पुनर्वासको अनान्द बजारमा स्थायी कार्यालयको उद्घाटन गरिएको हो । यो सहित शसस्त्र प्रहरीको कञ्चनपुरमा चौथो बि ओ पी पोष्ट बनेको हो । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी सुशील बैद्य तथा शसस्त्रका एस पी बिनोद प्रसाद श्रेष्ठको उपस्थितिमा शसस्त्र प्रहरीका एस एस पी भीम बहादुर थापा र पुनर्वास नगरपालिकाका उप प्रमुख शारदा बिष्टले सँयुक्त रूपमा ब्यानर खोलेर उद्घाटन गरेका थिए।

भारतिय सिमा नाकाबाट अबैध सामानको ओसार पसार,सिमा सुरक्षा तथा गैरकानुनी गतिबिधी नियन्त्रण गर्न स्थानिय निकायको पहलमा बोर्डर आउट पोष्ट (द्यइए) को स्थापना गरिएको एसएसपी भीम बहादुर थापाले बताउनु भयो। आगमी दिनमा सिमा सुरक्षा लगायत पुनर्वासमा स्थायी रुपमा शसस्त्र प्रहरीको बि ओ पी पोष्टको स्थापना भए पछि स्थानियमा शान्ती सुरक्षाको अनुभूति भएको स्थानियहरू बताउछन।