अपराधी बने आमिर खान ! - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

अपराधी बने आमिर खान !



एजेन्सी /बलिउडका स्टार अभिनेता आमिर खान हरेकजसो चलचित्रमा फरक फरक भूमिकामा देखिँदै आएका छन्। उनको मुख्य विशेषता भनेको पनि जस्तो सुकै भूमिकालाई पनि कुशलतापूर्वक निभाउनु हो।

आमिर आफ्नो आउँदै गरेको चलचित्र ‘ठग्स् अफ हिन्दोस्तान’मा अहिलेसम्म गरेका भूमिका भन्दा फरक भूमिकामा देखिँदैछन्। उक्त फिल्ममा अमिर एक कुख्यात अपराधीको भूमिकामा देखिँदैछन्।

साउथ चाइन मर्निङ पोस्टलाई दिएको अन्तर्वार्तामा अमिरले यस चलचित्रमा आफूले निभाउँदै गरेको भूमिकाको बारेमा खुलासा गरेका हुन्। ‘ठग्स् अफ हिन्दोस्तान एक एक्सनप्रधान चलचित्र हो’, उनले भनेका छन्, ‘म यस्तो भूमिकामा देखिँदै छु कि कसैलाई पनि विश्वास हुनेछैन। यो दंगालको विपरीत छ। पैसाका लागि आफ्नै आमालाई पनि बेच्न सक्ने भूमिकामा म देखिँदैछु।’

उनले अगाडि भनेका छन्, ‘तर चरित्र धेरै नै मनोरञ्जक रहेको छ, यसमा कुनै सन्देश छैन।’

यस फिल्ममा अमिरका साथमा कैटरिना कैफ र फातिमा सना शेख प्रमुख भूमिकामा देखिँदैछन्। यसको निर्देशन विजयकृष्ण आचार्यले गर्दैछन्।

आमिरको पछिल्लो फिल्म दंगाल चीनमा अत्याधिक सफल भएको थियो। उक्त चलचित्रले चीनमा १७ सय करोड रुपैयाँ संकलन गरेको थियो।