विराट कोहलीका कारण अनुष्काले ‘बलिउड’लाई छाडेको हो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विराट कोहलीका कारण अनुष्काले ‘बलिउड’लाई छाडेको हो ?



मुम्बई – बलिउड नायिका अनुष्का शर्मा पछिल्लो समय फिल्म ‘जीरो’ मा शाहरुख खानसँग देखिएकी थिइन् । त्यसपछि अनुष्काले कुनै पनि फिल्म साइन गरेकी छैनिन् ।

अहिले चर्चा चल्न थालेको छ कि, अनुष्काले अब फिल्ममा अभिनय गर्ने रुचि देखाउन छोडेकी छिन् । यतिबेला उनका हातमा कुनै पनि फिल्म छैनन् । जबकि, उनी बलिउडकी टप हिरोइनमध्ये एक हुन् ।

फिल्म त एकातिर भयो, उनी पछिल्लो समय बलिउडका इभेन्टमा पनि कम जान थालेकी छिन् । कतिपयले अब अनुष्काले बलिउडलाई बाइबाइ गर्न लागेको बताउन थालेका छन् ।

कारण के होला ? यसको खास कारणबारे त अहिले खुलाइएको छैन । तर, बलिउडमा विराट कोहलीले नै अनुष्कालाई अब फिल्म नखेल्न सल्लाह दिएका समाचार पनि आइरहेका छन् । सूत्रका अनुसार विराट चाहन्छन् कि, अब अनुष्काले परिवार र आफूलाई बढी समय दिऊन् ।

फिल्ममा काम गर्ने कलाकारसँग निकै कम समय हुने गर्दछ । कहिले दिन त कहिले रातमा फिल्मको लागि समय दिनुपर्ने अवस्था आइरहेको हुन्छ । यसकारण अनुष्का पनि विराटलाई समय दिन पाइरहेकी हुँदिनन् ।

यता विराटका नजिकका साथीहरुले यो कुरालाई चाहिँ गलत भनेका छन् । उनीहरुका अनुसार विराटले अनुष्कालाई अभिनय गर्नबाट कहिल्यै रोक्न चाहँदैनन् । विराटलाई थाहा छ कि, अनुष्का बलिउडकी ‘फेमस’ कलाकारमध्ये एक हुन् ।

यी कुराहरु चलिरहँदा अर्कातिर अनुष्का गर्भवती भएको बारे पनि अड्कल काट्न थालिएको छ । बलिउडमा यो गसिप बनिरहेको छ तर अनुष्काले केही समय पहिले नै आफूहरु परिवार बढाउने योजनामा नरहेको बताएकी थिइन् ।