थर्काइन अनुष्‍का शर्माले - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

थर्काइन अनुष्‍का शर्माले



बलिउडका सुपरफिट जाेडी हुन् अनुष्का शर्मा र विराट काेहली । यी जाेडी सामाजिक संजालमा पनि सक्रिय रहन्छन्, सामाजिक मुद्दाका कुरा पनि उनीहरूले सेयर गर्छन् ।यसैक्रममा अनुष्काले एक धनाड्य युवकलाइ बिच बाटाेमै थर्काएकी छिन् । उनले युवकलाइ थर्काएकाे भिडियाे उनकै पति विराट काेहलीले अाफ्नाे इंस्‍टाग्राम पेजमा सेयर गरेका छन् ।

भिडियाेमा अनुष्काले लग्‍जरी कारमा बसेका एक धनाड्य युवकलाइ बाटाेमा प्लास्टिककाे बाेतल फालेकाे भन्दै थर्काएकी छिन् ।अनुष्काले- ‘तपाइले बाटाेमा फाेहाेर किन फाल्नुभएकाे ? अब ध्यान राख्नु, यसरी सडकमा प्लास्टिकका बाेतलहरू फाल्न पाइदैन’ भन्दै सम्झाएकी छिन् ।

याे भिडियाे सेयर गर्दै विराटले लेखेका छन्- ‘सडकमा फाेहाेर फालेकाे देखेर अनुस्काले सम्झाएकी छिन्, महंगाे कारमा बसेर यीनीहरूकाे दिमाग खराब भएकाे छ । तपाइहरूले पनि यस्ताे हर्कत गरेकाे देख्नुभयाे भने, चुप लागेर नबस्नुहाेस्, जागरूक हुनुहाेस् ।’

स्मरण रहाेस् हाल भारतमा चलिरहेकाे ‘स्वच्छ भारत अभियान’ मा अनुष्का शर्मा पनि जाेडिएकी छिन् ।अनुष्कालाइ प्रभानमन्त्री माेदीकाे कार्यलयबाट नै यस अभियानमा साथ दिन अाग्रह गरेकाे खबर भारतीय संचार माध्यमले लेखेका छन् ।एजेन्सी