अनुशासन नै खेलाडीको गहना : सांसद तारा लामा - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

अनुशासन नै खेलाडीको गहना : सांसद तारा लामा



‘पुनर्वासमा खिरष्टमसको अवसरमा वडा स्तरिय फुटबल प्रतियोगिता शुरु’

किशोर तामाङ
कञ्चनपुर ,पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा ईसाई धर्मवलमबीहरुको महान चाड ख्रिष्टमसको अवसरमा वडा स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।

कालिका युवा क्लबले पुनर्वास नगरपालिका वडा नं ३ स्थित आफनै घरेलु मैदानमा सञ्चालन गरिएको उक्त फुटबल प्रतियोगिता शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरि शुभारम्भ भएको हो ।

राम बहादुर तामाङको सभापतित्व र प्रदेस सांसद एवम नेकपाका सचेतक तारा लामा तामाङ को प्रमुख अतिथ्यमा उद्घाटन भएको वडा स्तरीय खुल्ला फुटबल प्रतियोगितामा बिशिष्ट अतिथ्यमा पुनर्वास नगरपालिका नगर प्रमुख जिवन राज थापा ,कञ्चनपुर फुटवल संघका उपाध्यक्ष जित बहादुर तामाङ रहनुभएको थियो । त्यसै अतिथिमा समाजसेवी , सहायोगदाता, खेलप्रेमी ,क्लबका अध्यक्ष र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै फुटबल खेलको क्रेज रहेको पुनर्वासमा फुटबल खेलको बिकास र राष्ट्रिय स्तरको खेलाडी उत्पादनका लागि सम्बन्धित निकायमा समन्वयन गरी सरोकारवाला निकायमा पहल गर्ने बताउनुभयो । अनुशासननै खेलाडीको गहना हो तसर्थ खेलको मध्यमबाट पुनर्वासलाई चिनाउन सकिने भएको हुँदा यस भेगको खेलको स्तर र पहुँच विस्तारगर्न आफु सधै तत्पर रहेको मनानिय तारा लामा तामाङले जिकिर गर्नुभयो ।

मैत्रिपूर्ण फुटबल प्रतियोगितामा जम्मा २० टीमले सहभागिता जनाएको छ । नगरपालिका अन्तर्गतका स्थानिय टिमहरुको सहाभागिता रहेको सो खेल नकआउट चरणबाट खेलाईने आयोजक टिमका अध्यक्ष राम बहादुर तामाङले बताउनु भयो ।

खेल समय तालिका अनुसार समुह क मा १० टिम र ख मा १० टिम रहेको छ । समुह क तर्फ आइतबार पहिलो चरणको पहिलो खेल भानु युवा क्लब बी भरसेस अरनिको युवा क्लब बी बिच बिहान १० बजे हुनेछ । पुनर्वासका चर्चित टिमहरुले सहाभागिता जनाएको उक्त खेलहरु प्रतिष्पर्धात्मक र रोचक रहने दर्शकहरुको ठम्याई छ ।

बिजेता समुहले नगद ६१ हजार मेडल र प्रमाणपत्र उपविजेता ले नगद ४१ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष बिष्णु धामीले जानकारी दिनुभएको छ ।
उक्त खेल यही पुस २० गते समापन समारोहका बिच सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।

बुद्धिमायाको स्वागत मन्तव्य बाट शुरु भएको यस फुटवल प्रतियोगिताको उद्घाटन समारोहलाई तिलक तामाङले सञ्चालन गर्नुभएको थियो ।