अन्तत प्रदेश ७ का मुख्य मन्त्री तथा मन्त्रीको लाग्यो निवासको टुंगो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अन्तत प्रदेश ७ का मुख्य मन्त्री तथा मन्त्रीको लाग्यो निवासको टुंगो



धनगढी, कैलाली ।। लामो समयको अन्यौलतापछि अन्तत सात नम्बर प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरुको निवासको टुङगो लागेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट र अन्य छ मन्त्रीको निवासको टुङगो लागेको हो । जसअनुसार मुख्यमन्त्रीको निवास धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा तोकिएको छ ।

केहि दिन देखि अतरियामा मुख्यमन्त्रीको निवासका लागी खोजी भएपनि उपयुक्त घर नपाएका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा निवास पक्का गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताउनुभयो ।

९ वटा कोठा रहेको २ तले घरको मासिक भाडा ४० देखि ४५ हजार सम्म पर्ने बताईएको छ । मुुख्यमत्रीसगै अन्य मन्त्रीहरुको निवासको पनि टुङगो लागेको छ ।

आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहका लागि साविकको जिल्ला कृषि विकाश कार्यालयका प्रमुख प्रयोग गर्दै आएको निवास, सामाजिक बिकास मन्त्री दिर्घ सोडारीका लागि क्षेत्रीय स्वाथ्य तालिम केन्द्रमा निवासको व्यवस्था मिलाईएको छ ।

यस्तै, भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहरा र भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका लागि क्षेत्रीय सिचाईमा, आर्थिक तथा योजना मन्त्री झपट बोहराका लागि आन्तरिक राजस्व कार्यालयमा र पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टका लागि क्षेत्रीय वन निर्देशनालय परिषदकै भवनमा निवासको व्यवस्था मिलाईएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख बोहराले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीको निवासका लागि टुङगो लगाईएका भवनको रगरोगन तथा मर्मत सम्भारको कार्य भईरहेको बोहराले बताउनुभयो ।

मन्त्रीहरुले पदभार ग्रहण गरिसकेपछि निवास निश्चित नहुदाँ काम गर्न समस्या भईरहेको छ । केही मन्त्रीहरु अझैे धनगढीका विभिन्न होटलहरुमा बसिरहेका छन् । साभार : रेडियो धनगढी