अनमोल केसीविरुद्ध ठगीको मुद्दा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अनमोल केसीविरुद्ध ठगीको मुद्दा



काठमाडौं- नायक अनमोल केसीविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध उजुरी परेको हो।

चलचित्र निर्माता निर्माता जयन श्रेष्ठ र रुपेश खड्गीले उनिविरुद्ध उजुरी दिएका हुन्।

चलचित्र खेल्न भनेर ५ लाख लिएपछि समय नै नदिएको उनीहरूको आरोप छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा अभिनय गर्न ५ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएपनि समय नदिएको भन्दै उजुरी दिएका हुन् ।

निर्माताहरू श्रेष्ठ र खड्गीले नायक केसीविरुद्ध उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। अनमोल केसीले श्रेष्ठ र खड्गीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक लिनेगरी फिल्ममा अभिनय गर्ने सम्झौता गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ।

सोही सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी लिएको तर, सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको निर्माताद्वयले आरोप लगाएका छन्।

यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत लिएको उजुरीमा उल्लेख छ।

यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्‍याएको उजुरीमा उल्लेख छ।

उजुरीमा केसीका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ।