अनमोल केसी एकपछि अर्को फिल्म साइन गर्दै - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

अनमोल केसी एकपछि अर्को फिल्म साइन गर्दै



अभिनेता अनमोल केसीले एकपछि अर्को फिल्म साइन गरेका छन् । आफ्नै पिता भूवन केसीले बनाइरहेको फिल्म ‘क्याप्टेन’मा काम गरिरहेका अनमोलले हिजोमात्र अभिनेत्री झरना थापाको फिल्म साइन गरेकी थिइन् । अभिनेत्री थापाले छोरी सुहानी थापालाई लिएर बनाउन लागेको फिल्म ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्दैछन् । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ ।

अनमोलले यो प्रेमकथाको फिल्मपछि अर्को फिल्म पनि गर्ने भएका छन् । उनले, गर्न लागेको नयाँ फिल्मको नाम राखिएको छैन । उनले, निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्न लागेका हुन् । यो फिल्मको छायांकन ‘ए मेरो हजुर ३’ पछि हुनेछ । फिल्मको सबै छायांकन विदेशमा हुने मिलन चाम्सले बताएका छन् ।

मिलन र अनुपविच मौखिक सहमती भैसकेको छ । अनमोललाई दर्शकले चकलेटी लुक्समा रुचाएका छन् । यसैले पनि अनमोल फेरि चकलेटी धार नै समात्ने बाटोमा लागेका छन् ।