भदौ ९ गते अनमोल बुटवलमा ! - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

भदौ ९ गते अनमोल बुटवलमा !



अचेल अनमोल आफ्नो छैटौं प्रोजेक्ट ‘क्याप्टेन’ को छायांकनमा व्यस्त छन् । यसमा उनी एक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । यसपछि उनले झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सले निर्देशन गर्ने ‘ब्याचलर बन्टी’ को सुटिङ ज्वाइन गर्दैछन् । केही हप्ता अगाडि बाहिरिएको खबर अनुसार, उनले एक बलिउड फिल्म समेत साइन गरेका छन् । यस्तै, निर्माता सुवास गिरी फिल्म ‘कृ’ को सिक्वेल बनाउँदैछन् । यसमा पनि अनमोलले अभिनय गर्ने लगभग पक्का भएको खबर प्राप्त छ ।

वर्षमा एक मात्र फिल्म गर्ने अनमोल के अब पैसामुखी भएका हुन् ? लगातार फिल्ममा अनुबन्धित हुनुले उनीमाथी प्रश्नचिन्ह खडा भएको छ ।उनी भन्छन्, ‘म पैसाको पछाडि पर्ने भएको भए पहिला देखि नै भटाभट फिल्म गर्थेँ होला । नेपालमा राम्रो स्क्रिप्ट कहिले पाउँछ भन्ने नै थाहा हुँदैन । मैले एकैचोटी राम्रो स्क्रिप्टहरु पाएँ अनि गर्न लागेको हुँ ।’ अनमोल केसीले आफू देशभर रहेका आफ्ना फ्यानहरुसँग भेट्न पाउँदा अन्त्यन्त उत्साहित भएको बताएका छन् ।

भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’मा सहभागी हुन लागेका अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताए ।मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ बुटवल, पोखरा, चितवन र विर्तामोडमा आयोजना हुँदैछ । कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार भदौ ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र भदौ २७ गते विर्तामोडमा कार्यक्रम हुनेछ ।

यी ४ वटै शहरमा आयोजकले ७ देखि १५ हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, कला–संकृतिको संरक्षणका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख कमल जीसीले जानकारी दिए । उनका अनुसार, कार्यक्रमबाट उठेको रकम नेत्रहिन महिला संघलाई सहयोग गरिनेछ ।पत्रकार सम्मेलन हुँदै छ भोली सोही कार्यक्रमको बारेमा बुटवलमा आयोजक संस्था मोनिकाका अध्यक्ष कमल जिसीले पर्यटन प्रर्बद्धन तथा विशुद्द सामाजिक कार्यका लागि अनमोल साँझ गर्न लागिएको हिमाल पोस्ट लाई बताए ।