साहित्य स्मारिका 'अङकुरण' को विमोचन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

साहित्य स्मारिका ‘अङकुरण’ को विमोचन



हिमाल पोस्ट/सुखड,कैलाली ।
घोडाघोडी बहुमुखी क्याम्पसमा ‘अङकुरण’ नामक साहित्यिक स्मारिका विमोचन गरिएको छ । घोडाघोडी साहित्यिक मञ्चको आयोजनामा अध्ययनरत विद्यार्थीहरुद्बारा तयार पारिएको स्मारिका बिहीबार विमोचन गरिएको हो ।

घोडाघोडी साहित्यिक मञ्चका अध्यक्ष भरत कुमार शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथीती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए ।

प्रमुख अथितीको आसनबाट बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले साहित्य जीवन र जगत संग जोडिएको उच्च स्तरिय विद्या भएकोले साहित्यमा रुची भएकाहरुले जीवन र जगत बारे हरेक दिन कलम चलाए सफल साहित्यकार बन्न सकिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै कैलाली जनपुस्तकायका अध्यक्ष तथा साहित्कार टीएन जोशीले संगित, कला र साहित्य नभए संस्कृति माथी नै प्रहार हुने भएकोले साहित्य लाई सधै बचाएर राख्नुपर्ने बताए ।

घोडाघोडी नगर क्षेत्र तथा घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका साहित्यिक सिर्जनाहरु रहेको अङकुरण नामक साहित्यिक स्मारिका कार्यक्रमका प्रमुख अथीती र विशिष्ट अथितिद्वारा विमोचन गरिएको थियो ।

घोडाघोडी साहित्यिक मञ्चका सदस्य तथा मिडिया संयोजक ललित जाग्रीले स्वागत गरेको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष सिद्व आचार्य,प्रध्यानध्यापक , प्राध्यापक ,पत्रकार ,विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन मंचकी सचिव बिनु ढुङगानाले गरेकी थिइन् ।