पहिले मृगौला दिएकी अञ्जानले भनिन: मेरी भान्जी पनि म जस्तै आँटिली छन् - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

पहिले मृगौला दिएकी अञ्जानले भनिन: मेरी भान्जी पनि म जस्तै आँटिली छन्



काठमाडौं- प्रधानमन्त्री केपी ओलीलाई पहिलोपटक मिर्गौला दिने अञ्जना घिमिरेले दोस्रोपटक प्रमको मिर्गौला प्रत्यारोपण सफल भएकोमा खुसी व्यक्त गरेकी छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मिर्गौला दिने समीक्षा संग्रौलालाई धन्यवाद दिइन् ।

उनले भनिन्, “मेरी भान्जी (समीक्षा) पनि म जस्तै आँटिली नै हुन्, उनले मिर्गौला दिएर राम्रो काम गरेकी छन् ।” मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको बताइएको छ ।

यद्यपी उनको पूर्ण होस् आउन भने केहि समय लाग्ने बताइएको छ ।

अहिले प्रधानमन्त्री ओलीलाई आइसियुमा र समीक्षालाई पोस्ट अपरेटिभ वार्डमै सारिएको छ ।