अनिल कपुर र रणविरसँगै बलिउड फिल्म खेल्दै विपिन कार्की - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

अनिल कपुर र रणविरसँगै बलिउड फिल्म खेल्दै विपिन कार्की



काठमाडौं–अभिनेता विपिन कार्कीले बलिउडमा प्रवेश गर्ने भएका छन्। नेपाली सिनेक्षेत्रमा थुप्रै सफल फिल्ममा अभिनय गरिसकेका विपिनले ‘एनिमल’ नामक फिल्ममार्फत बलिउडमा डेब्यु गर्न लागेका छन्।

‘पशुपती प्रसाद’, ‘सेल्फी किङ्ग’, ‘प्रसाद’लगायतका निकै सफल फिल्महरुमा अभिनय गरिसकेका कार्कीलाई ‘एनिमल’को निर्माण पक्षले अभिनयका लागि प्रस्ताव गरेको हो। बलिउड अभिनेता अनिल कपुर र रणविर कपुरलगायतका कलाकारको अभिनय रहने यो फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने छन्।

कार्कीकाअनुसार उनलाई फिल्मको निर्माण पक्षले अगष्टमा मुम्बई आउन प्रस्ताव गरेको छ। उनले अभिनय गरेको फिल्म ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले उनलाई ‘एनीमल’को निर्माण पक्षसँग जोड्ने काम गरेका छन्।

नेपाली सिनेक्षेत्रमा सफल अभिनेताको परिचय बनाइसकेका विपिनको बलिउडको प्रवेश उनीसँगै समग्र सिनेक्षेत्रकै लागि सफलताको कुरा हो। फिल्ममा उनको अभिनय कस्तो हुन्छ, उनी कति सफल हुन्छन् त, फिल्म प्रदर्श भएपछि नै थाहा हुनेछ।