अमित शाह मोदीपछिका दोस्रा शक्तिशाली - दस सङ्केतहरू - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

अमित शाह मोदीपछिका दोस्रा शक्तिशाली – दस सङ्केतहरू



भारतीय राजनीतिमा अमित अनिलचन्द्र शाह नरेन्द्र दामोदरदास मोदीपछिका दोस्रा शक्तिशाली व्यक्ति हुन् भनी सङ्केत गर्ने दस सङ्केतहरू:

  • अहिलेसम्म सरकारका दोस्रा शक्तिशाली मानिएका राष्ट्रिय सुरक्षा सल्लाहकारले मोदीको निर्देशनमा अमित शाहसँग भेट गरेका छन्। डोभालको समयावधि थप र क्याबिनेट मन्त्रीको पदमा लैजाने निर्णय आइतबारमात्र गरिएको थियो।
  • सोमबार अमित शाहले बोलाएको बैठकमा डोभाल सहभागी भएका थिए। सो बैठकमा भाग लिने अन्यमा इन्टेलिजेन्स ब्युरोका निर्देशक राजीव जैन र रअका प्रमुख अनिल धश्माना र गृह सचिव राजीव गुहा थिए।
  • राष्ट्रिय सुरक्षाका विषयमा शाहलाई दैनिक जानकारी इन्टेलिजेन्स एजेन्सीहरूले दिन्छन्। केही अघिसम्म यो जानकारी प्रधानमन्त्री मोदीलाई दिइन्थ्यो जहाँ राजनाथि सिंह पनि हुन्थे तर निर्णय गर्ने तहमा भने होइन।
  • राष्ट्रिय प्रविधि अनुसन्धान सङ्गठनका महानिर्देशकले शाहसँग भेट गरेका छन्।
  • शाहले संसदको बजेट सत्र अघि र पछि सीमाका राज्यहरूको भ्रमण गर्ने गरी तालिका तैयार भैरहेको छ।
  • प्रधानमन्त्रीको कार्यालयमा पनि परिवर्तन आउँदै छ। नरेन्द्र मोदीका प्रमुख सचिव न्रिपेन्द्र मिश्रको कार्यकाल नथपिने, र सो पदमा अतिरिक्त प्रमुख सचिव पि.के. मिश्रलाई ल्याइने हल्ला चलेको छ।
  • प्रधानमन्त्रीको निर्देशनमा रअका सचिव अनिल धस्मानाले अमित शाहलाई सीमा क्षेत्रको जानकारी दिनका लागि भेट गर्छन्।
  • अमित शाह र जयशङ्करलाई मन्त्रीमण्डलमा ल्याएपछि, अजित डोभालको शक्ति कटौती भएको छ।
  • गृहमन्त्री प्रधानमन्त्रीले नेतृत्व गर्ने क्याबिनेट नियुक्ति समितिको सदस्य भएको हुनाले ८,००० आइएएस, आइपिएस र अन्य सेवा अधिकारीहरूको व्यवस्थापनमा उनको भूमिका महत्त्वपूर्ण हुन्छ।
  • करिब २२ जना राज्यपालहरूले शाहसँग भेट गरिसकेका छन्। ती मध्ये धेरैजसोले पाँच वर्षे कार्यकाल पूरा गरेका छन्। जुलाईको मध्यमा मोदीको स्वीकृतिमा शाहले नयाँ राज्यपाल नियुक्त गर्नेछन्।

(एस. राजगोपालनको रिपोर्टमा आधारित)