एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै



साउथ अस्ट्रेलिया

एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका)ले सत्र २०१८ -१९ मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै उद्घाटन कार्यक्रम आयोजना गर्ने भएको छ । यहि १४ अक्टोबर आईतबारको दिन भिक्टोरिया पार्कमा आयोजना हुने उक्त कार्यक्रम दिउसो १:३० देखि सुरु एनकाका अध्यक्ष बिजय जोशीले बताएका छन। एनकाको अघिल्लो सत्रमा क्लब एमबेस्डरको रुपमा साउथ अस्ट्रेलियाको प्रिमियर अफिसका लागि सहायक मन्त्रि जिंग ली रहेकी थिइन। यस सत्रमा समेत जिंग ली को निरन्तरता रहने बताउदै जोशीले नया कार्यक्रमको बारेमा भने ” महिलाहरुलाई खेल बाट समेत सशक्तिकरण गर्ने उद्देश्यका साथ यस वर्ष देखि हामीले एनका सनसाइन महिला टिम बनाएर प्रशिक्षण खेलहरु सुरु गर्दै छौ, संभवत अस्ट्रेलियाको नेपाली समुदायमै पहिलो महिला क्रिकेट टीम हुनेछ। ”

एनकाले यहाँ हुर्कदै गरेको दोश्रो पुस्ता पनि खेलकुद तर्फ आकर्षित होस र भबिष्यमा यहाँका ठुला क्लबहरुमा उनीहरु खेल्न तयार हुन भनेर कार्यक्रमहरु समेत गर्दै आएको छ । दुबै देशको राष्ट्रगान बाट सुरु हुने उक्त कार्यक्रममा  आफ्नो क्लबको झण्डालाई व्याख्या गर्दै खेलाडीहरुले थीम गीतमा समेत प्रस्तुति दिनेछन। परेड लगायतका अन्य कार्यक्रमहरु समाबेश गरिएको सो कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि जोशीले आग्रह गरेका छन्।