एनकाको नया कार्यसमिति चयन , अध्यक्षमा पुन: विजय जोशी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एनकाको नया कार्यसमिति चयन , अध्यक्षमा पुन: विजय जोशी



– साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले ( एनका) २०१८/१९ – २०१९-२० सत्रको लागि  नया कार्यसमिति चयन गरेको छ । नया सत्रको लागि पुन: विजय जोशी अध्यक्ष भएका छन् भने उपाध्यक्षमा धिरज ज्ञवाली , सचिबमा सन्तोष अधिकारी , कोषाध्यक्षमा पारस जोशी , पब्लिक रिलेसन अफिसरमा दिपक क्षेत्री , कार्यसमिति सदस्यमा शंकर थापा र बिकाश सुबेदी रहेका छन्।

एनकाले २०१८ – १९का लागि क्यालेण्डर समेत सार्बजनिक गरेको छ।

अघिल्लो सत्रमा एनकाले आयोजना गरेका कार्यक्रमहरु र उपलब्धि :

✅२४ सेप्टेम्बरमा दशैंकप आयोजना गरिएको थियो।
✅बार्षिक रक्तदान कार्यक्रम आयोजना भएको थियो जहाँ ३० रक्तदाताहरुको सहभागिता रहेको थियो।
✅१५ अक्टोबरमा सिजन ओपनिङ्ग कार्यक्रम भएको थियो।
✅१५ अक्टोबर देखि १८ मार्च २०१८ भित्र एक्स्पर्ट एनका लिग कार्यक्रम भएको थियो जहाँ टी-२० अन्तर्गत ४ टिम एनका पर्पल , रेड , ब्लु र एलो सहभागी थिए भने एक दिवशिय खेलमा एनका चन्द्र र एनका सुर्य टिम बीच खेल भएको थियो।
✅बालबालिकाहरुलाई लक्षित गरेर माइलो इन्टू क्रिकेट कार्यक्रम २९ अक्टोबर देखि १७ डिसेम्बर २०१७ सम्म आयोजना गरेको थियो। जहाँ ४३ बालबालिकाहरु सहभागी थिए जुन अघिल्लो सत्र भन्दा १३०% वृद्धि भएको छ। जहाँ बाट एडीलेड ओभलमा भएको अशेस टेस्ट अन्तर्गतको खेल ओप्निङ्गमा अर्शिया राजभण्डारीले यहाँको राष्ट्रिय झण्डा सहित सहभागी भएकी थिईन भने अस्ट्रेलिया र इंगल्याण्ड बीच भएको एक दिवशिय खेलमा पायोजा थापा सहभागी भएकी थिईन।
✅ अक्टोबर २०१७ देखि फेब्रअरी २०१८ सम्म टेस्ट अफ द हिमालय टी -२० सिरिज सम्पन्न भएको थियो।
✅ एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका) र साउथ अस्ट्रेलियन डिफ क्रिकेट (एस.ए डिफ) क्लब बिच खेल १९ नोभेम्बरमा भएको थियो।
✅ मल्टीकल्चर टि-२० नकआउट क्रिकेट टुरनामेन्ट नोभेम्बरमा भएको थियो।
✅ एनका बार्षिक कार्यक्रम तथा माइलो अन्तर्गतको क्लोजिंग कार्यक्रम १७ डीसम्बरमा आयोजना गरेको थियो।
✅ साका फ्रेण्डशिप कप, जनवरी देखि मार्च जहाँ एनका तेस्रो स्थानमा पुग्न सफल भएको थियो।
✅ एनका सुपर सिक्स टुरनामेन्ट १८ फेब्रुअरीमा सम्पन्न भएको थियो जहाँ पहिलो पल्ट महिला टिमको समेत सहभागिता रहेको थियो। जसमा एक्सपर्ट टिमले जितेको थियो भने महिला तर्फ नर्स पावरले जितेको थियो।
✅ अन्तर स्टेट स्पोर्ट कार्यक्रम अन्तर्गत सिड्नीमा ३० मार्च देखि २ अप्रिल २०१८ मा भएको खेलमा सहभागी- जहाँ सेमिफाईनलमा पराजय भए पनि एनकाको बलिङ्ग र फिल्डडिंगको प्रसंशा भएको थियो
✅ नेपाल कप – ४ अप्रिल २०१८
✅ साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनले क्लबका पब्लिक अफिसर दिपक क्षेत्रीलाई कम्युनिटी क्रिकेट एम्बेसडर गराएको छ।