एडीलेडमा चौथो सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट हुँदै - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

एडीलेडमा चौथो सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट हुँदै



अस्ट्रेलिया

एडीलेड नेप्लिज क्रिकेट एशोसियन (एनका) को आयोजनामा एडीलेडमा चौथो सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट हुने भएको छ । यही फेबुररी १८ तारिकका दिन भिक्टोरिया पार्कको ओभल १, २ र ३ मा बिहान ८ बजे बजे देखि बेलुका ६:३० सम्म उक्त खेल हुने भएको हो । उक्त खेलको हरेक टिममा ६ जना खेलाडी रहने छन् भने खेल ५ ओभरको रहने एनकाका अध्यक्ष विजय जोशीले बताए ।

जोशीका अनुसार कार्यक्रममा प्रतियोगी टिमले २०० डलर शुल्क तिर्नु पर्ने छ भने दर्शकहरूले नि:शुल्क अवलोकन गर्न पाउने छन् । नेपाली समुदायका ९ टिमले रजिस्ट्रेशन गरी सकेकोले यस वर्ष आफू अरू अझै उत्साहित भएको जोशी बताउछन । उनले कार्यक्रमको उद्देश्य बारे थप्दै भने ” हामीले वार्षिक रूपमा गर्ने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभावान खेलाडीहरुलाई बाहिर लिएर आउन सकिने छ र यसले अवसर दिने छ ,” खेल बाट पनि हामीले नेपाली समुदायलाई अस्ट्रेलियामा परिचित गराउन सक्छौ त्यही अनुरूप हामीले वार्षिक रूपमा विभन्न कार्यक्रमहरू गर्दै आएका छौ “। यस वर्ष महिला टिम समेत सहभागी भएको जोशीले जानकारी दिए।

एनका सनसाईन र नर्स पावर दुई महिला टिम सहभागी हुदै छन् भने अन्य टिममा एनका , एक्स्पर्ट , टोरेन्स, एनएसीसी , बिएफस , एडीलेड नेपाल , सनसिटि , एनआरएनए एस ए , साउथ स्टाइकर्स टिम सहभागी भएको छ। एनकाले पछिलो समय बालबालिकाहरुलाई लक्षित गरेर गरिएको माईलो क्रिकेट जस्तै महिलाहरुको लागि समेत कार्यक्रम गर्ने योजनामा रहेको जोशीले बताए।