एनकाको नया कार्यसमिति चयन , समितिमा महिलाहरुको समेत सहभागिता - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

एनकाको नया कार्यसमिति चयन , समितिमा महिलाहरुको समेत सहभागिता



साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले ( एनका) २०१९-२० सत्रको लागि नया कार्यसमिति चयन गरेको छ । नया सत्रको लागि विजय जोशी अध्यक्ष भएका छन् भने उपाध्यक्षमा धिरज ज्ञवाली , सचिबमा सन्तोष अधिकारी , कोषाध्यक्षमा दिपेश पाण्डे , पब्लिक रिलेसन अफिसरमा दिपक क्षेत्री , कार्यसमिति सदस्यमा शंकर थापा , बिकाश सुबेदी,पारस जोशी,सबु पौड्याल र बिनिता सिंह रहेका छन्।

नया कार्यसमितिको बारेमा बताउदै अध्यक्ष जोशीले यस सत्रमा कार्यसमिति सदस्यको रुपमा महिलाहरुको सहभागिताले आफू उत्साहित भएको बताए। नेपाली महिला खेलाडीहरुलाई यसले अझै खेल प्रति रुचि बढाउने बिश्वाश उनले लिएका छन्। एनकालाई अझै थप उचाईमा पुराउने प्रतिबद्धता सहित एनकाले २०१९-२० का लागि क्यालेण्डर समेत सार्बजनिक गरेको छ।