एनका अध्यक्ष विजय जोशी च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड बाट सम्मानित - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एनका अध्यक्ष विजय जोशी च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड बाट सम्मानित



एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका) का अध्यक्ष विजय जोशी ‘च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड’ बाट सम्मानित’ भएका छन। इनक्लूसिभ स्पोर्ट साउथ अस्ट्रेलियाले आयोजना गरेको आईडियस १९ ( Inclusion and Diversity in Sport ) सम्मेलनमा नेपाली समुदायका विजय जोशी अवार्ड बाट सम्मानित भएका हुन। यहाँ रहेको बहुसाँस्कृतिक समाजमा खेलको माध्यम बाट समुदायमा दिएको योगदानको कदर गर्दै उक्त अवार्ड बाट सम्मान गर्ने गरिन्छ। विश्वकै चर्चित एडीलेड ओभलमा आयोजना भएको उक्त कार्यक्रममा जोशीले खेलको माध्यम बाट नेपाली र अस्ट्रेलियन समुदायमा ठुलो प्रभाब पारेको बताईएको थियो । फाइनल मनोनयनमा जोशी सँगै आदिवासी समुदायमा सकृय शाने बोन्ड र रिनेला अल एबीलिटिस क्रिकेट ब्लास्टकी सह-संस्थापक जेंनी निएडेरेर रहेका थिए।

अवार्ड पछि हामीसँग कुरा गर्दै जोशीले भने ” अवार्ड पाउदा पक्कै पनि खुशी छु , यो अवार्ड मेरो लागी मात्र नभएर साउथ अस्ट्रेलियाको नेपाली समुदाय र एनकाको पनि हो ” उनले थप्दै भने ‘ समावेशी तथा विविधताका साथ खेलकुद कार्यक्रमलाई अझै सशक्त रुपले अगाडी बढाउने जिम्मेवारी समेत थपिएको अनुभब गरेको छु। ” एनकाको संस्थापक सदस्य समेत रहेका जोशीको नेतृत्वमा जुनियर क्रिकेट ब्लास्ट , पिंक स्टम्प च्यारिटी कार्यक्रम , रक्तदान कार्यक्रम , अस्ट्रेलिया-नेपाल कप लगायतका थुप्रै कार्यक्रम एनकाले गर्दै आएको छ।यस प्रकारको सम्मानले यहाँ रहेको बहुसाँस्कृतिक समाजमा नेपाली समुदायले प्रभाबकारी रुपमा आफ्नो उपस्थिति देखाएको समेत बुझ्न सकिन्छ।

 

एनकाले सत्र २०१८-१९ मा आयोजना गरेको कार्यक्रमहरु