एनकाको आयोजनामा अस्ट्रेलिया -नेपाल कप २०१९ आयोजना हुदै - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

एनकाको आयोजनामा अस्ट्रेलिया -नेपाल कप २०१९ आयोजना हुदै



एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनको ( एनका) आयोजनामा एक्स्पर्ट अस्ट्रेलिया नेपाल कप २०१९ आयोजना हुने भएको छ। मार्च १५ ,१६ र १७ गते युनिभर्सिटी अफ एडीलेड बेष्ट बिच प्लेयिंग फिल्ड र पार्क २५ मा खेलहरु हुने एनकाले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

मार्च १५ तारिक बिहान ९ बजे युनिभर्सिटी अफ एडीलेड बेष्ट बिच प्लेयिंग फिल्डमा हुने उद्घाटन सत्रको लागि साउथ अस्ट्रेलियाको प्रिमियर अफिसका लागि सहायक मन्त्रि जिंग ली, अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब, साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसन बाट म्याट लुक्स लगायतका अतिथिहरु समेत उपस्थिति रहने एनकाका अध्यक्ष बिजय जोशीले बताए। नेप्लिज क्रिकेट एशोसीयसन अफ अस्ट्रेलिया , टिम क्विंसल्यांड ( राइनो) , गोर्खा लिजेण्ड क्रिकेट क्लब , भिक्टोरियन नेप्लिज क्रिकेट एशोसीयसन , नेप्लिज क्रिकेट क्लब ब्रिसबेन र घरेलु टिम एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन सहित ६ टिम टुरनामेन्टमा सहभागी हुने जोशीले जानकारी दिए ।

सन २००९ बाट सुरुवात भएको यस क्लबले दशैँ कप , रक्तदान कार्यक्रम , एक्स्पर्ट एनका लिग, वुलवर्थ क्रिकेट ब्लास्ट , टेस्ट अफ हिमालय टि-२० सिरिज , एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका) र साउथ अस्ट्रेलियन डिफ क्रिकेट (एस.ए डिफ) क्लब बिच खेल , साका फ्रेन्डशीप कप , एनका सुपर सिक्स लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ। नेपाली खेलाडीहरुलाई प्रोत्सान गर्ने र नेपाली समुदायलाई यहाँको बहुसांस्कृतिकसँग खेलका माध्यम बाट जोड्ने उद्देश्यका साथ क्लब अगाडी बढिरहेको क्लबका सचिब सन्तोष अधिकारीले बताए।