एडीलेड आईपुगे पारस खड्का सहित क्रिकेट खेलाडीहरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एडीलेड आईपुगे पारस खड्का सहित क्रिकेट खेलाडीहरु



एडीलेड।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सुवास प्रधान लगायतको टिम एडीलेड आईपुगेको छ ।एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस र एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनको सहकार्यमा आज हुन लागेको कार्यक्रमको लागि खेलाडीहरु एडीलेड आएका हुन्। ११ जनवरीको दिन बिहान ९ बजे देखि दिउसो १२:३० बजे चल्ने उक्त कार्यक्रममा उपस्थिति भईदिन समुदायलाई आग्रह गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस एडीलेड प्रमुख रुपक बर्तौलाले नेपाली समुदायका खेलाडीहरुलाई हौसला प्रदान गर्ने र स्किलहरु सिकाउनको लागि कार्यक्रम आयोजना गरिएको बताए।

खेलाडीहरुसँग अन्तर्क्रिया कार्यक्रम सहित खेल समेत हुने एनकाका विजय जोशीले बताए । पावर गेम अन्तर्गत पारस ११ भर्सेस दिपेन्द्र ११ बीच खेल हुनेछ। साथै , वुलवर्थ क्रिकेट ब्लास्ट अन्तर्गतका बालबालिकाहरुलाई समेत अतिथि खेलाडीहरुले स्किलहरुको बारेमा बताउनेछन।

पारस खड्का लगायतको टिमले बिग ब्यास अन्तर्गत एडीलेड स्ट्राइकर्स र मेलबर्न स्टारस बिच हुने खेल समेत अवलोकन गर्नेछन। एडीलेड ओभलमा रहेको साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनको कमिटी रुममा नेपाली खेलाडीहरुले एडीलेड स्ट्राइकर्सका सिईओ र साकाका उच्चपदस्थ व्यक्तिहरुसँग समेत अन्तर्क्रिया गर्नेछन।