कञ्चनपुरमा जन्मिएका अनौँठो शिशुको मृत्यु - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कञ्चनपुरमा जन्मिएका अनौँठो शिशुको मृत्यु



कञ्चनपुर । गत बिहीबार कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको शनिबार साँझ मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नखुलेको ,मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिएन् ।

उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको बताएपनि जन्मदा अनौँठो बच्चा जन्मिएको बताइन् । अस्पताल लैजाँदै गर्दा बाटोमै जन्मेको बच्चाको ११ सय ग्राम तौल रहेको थियो । अनौठो बच्चा जन्मेपछि अचम्मित भएर शिशु हेर्नेको भिड लागेको थियो ।