अनौठा अध्यक्ष: 'गाडी किन्ने पैसाले विकासको काम गर्छू' - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अनौठा अध्यक्ष: ‘गाडी किन्ने पैसाले विकासको काम गर्छू’



एकैपटक निर्वाचित अन्य गाउँपालिका अध्यक्ष गाडीमा हुँईकिँदा शेरबहादुर सुनुवार त्यसैको पछिपछि धुलो खाएर थोत्रो मोटरसाईलमा कुहिरहेका हुन्छन् ।

मलाई गाडी किन चाहियो, सुनुवार भन्छन्, गाडी किन्ने पैसाले थोरै भए पनि विकासको काम गर्छू, अरुको देखासेखी मलाई गर्नु छैन ।

रामेछापको दुर्गममा पर्ने उमाकुण्ड त्यसैमा पनि विकासमा पछाडी छ ।

कसरी हुन्छ मलाई परिणाम देखिने गरी र नागरिकले अनुभुति काम गरेर देखाउन छ, सुनुवार भन्छन् ।

जिल्ला सदरमुकाम आईपुगेपछि उनी मोटरसाईकल प्रयोग गर्छन् । उमाकुण्डबाट मन्थली होस् या काठमााडौं जाँदा आउँदा उनले प्रयोग गर्ने सार्वजनिक यातायात नै हो ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।