लौरो अभियानका अध्यक्ष भन्छन्- देश बनाउने हुटहुटीले जन्मिएको अभियान हो, राष्ट्रिय शक्ति बन्छौँ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

लौरो अभियानका अध्यक्ष भन्छन्- देश बनाउने हुटहुटीले जन्मिएको अभियान हो, राष्ट्रिय शक्ति बन्छौँ



काठमाडौं- लौरो अभियान चलाएको हाम्रो नेपाली पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले मंसिर ४ को निर्वाचनपछि राष्ट्रिय शक्ति बन्ने र सरकार बनाउने दाबी गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा लौरो अभियानले प्रचारप्रसारलाई तिब्र पारेको छ । लौरोमा मतदान गर्न भन्दै विभिन्न सिर्जनशील कार्यक्रम ल्याएको यो पार्टीले समानुपातिकमा राम्रै मत ल्याउने देखिन्छ । अध्यक्ष घिमिरेले यो निर्वाचनपछि हाम्रो नेपाली पार्टी राष्ट्रिय पार्टी मात्र होइन, राष्ट्रिय शक्ति पनि बन्ने बताए ।

‘हेर्दै जानु होला, लौरो अभियानको नेतृत्वमा सरकार पनि बन्छ । काठमाडौंमा मात्रै हामी चार वटा सिट जित्छौं । काठमाडौं ८ मा सुमन सायमी, काठमाडौं ७ मा आकर्षण पोखरेल र काठमाडौं २ कोषराज सुवेदीलाई हामीले जित्ने सूचीमा राखेका छौं । हामीसँग तथ्यांक छ । त्यसकै आधारमा बोल्छौं । जनताले कति भोट हाल्ने सूर्य, रुख र हासिया हथौडामा ? सबै दलको विकल्प लौरो अभियान हो,’ एक टेलिभिजन अन्तर्वार्तामा उनले भने ।

अध्यक्ष घिमिरेले लौरो अभियान देश बनाउने हुटहुटीले जन्मिएको बताए । घिमिरेले भनेका छन्, ‘हाम्रो नेपाली पार्टी देश बनाउनुपर्छ भन्ने हुटहुटी भएका इन्जिनियर, डाक्टर, वकिल, पत्रकार लगायत पेशाकर्मीको नेतृत्वमा बनेको हो । प्रतिनिधिसभामा ६५ र प्रदेशमा १०१ जना योग्य उम्मेदवार दिएका छौं । यो देश बनाउने पहिलो प्रयास हो । उम्मेदवारी दिनका निम्ति हामीलाई धेरै अनुरोध आएको थियो, योग्य उम्मेदवार छनोट गरेर उठाएका छौं । हामी एउटा शक्तिका रुपमा सदनमा जान्छौं । देश बनाउने अभियान चलाउँछौं ।’

स्वतन्त्र उम्मेदवारी दिएर जितेका काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क राईले खुलेर नभने पनि आफ्नो पार्टीलाई समर्थन रहेको दाबी पनि उनले गरे ।