अमेरिकाको सानडियागोमा गोली चल्यो ,एक जनाको मृत्यु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अमेरिकाको सानडियागोमा गोली चल्यो ,एक जनाको मृत्यु



एजेन्सी – अमेरिकाको सानडियागोस्थित एउटा यहुदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिलाको मृत्यु भएको भने एक जना यहुदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहुदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाएका छन् । अमेरिकी इतिहासमै यहुदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहुदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।

सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहुदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ। गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भाग्नेक्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए।