जनताले ५० हजारको साडी लगाउने राष्ट्रपति खोजेका होइनन् : डा सिंह - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जनताले ५० हजारको साडी लगाउने राष्ट्रपति खोजेका होइनन् : डा सिंह



कपिल ज्ञवाली/बुटवल 
नेपाली कांग्रेसका नेता तथा सांसद डा अमरेशकुमार सिंहले नेपालमा सरकार परिवर्तनको संकेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ५ बुदे सहमति बाहिर ल्याउनु सरकार परिवर्तनको संकेत भएको उनको दाबि छ ।
बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कारमा बोल्दै कांग्रेस नेता सिंहले भने—‘ यो प्रधानमन्त्रीसंग डिल नगर,अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाइ दिएका हुन् ।’

सिंहले ओलीको भारतभ्रमण निरासाजनक भएको समेत प्रष्ट पारे । सिंहले भने—‘उहासंग फर्केपछि भेट त भएको छैन,ओलीजीको बडिल्याङ्वेज हेर्दा,अनुहार मलिन छ,अघिपछिको जस्तो देखिएन ।’
भारत लोकतान्त्रिक मुलुक भएकाले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने उनको दाबि छ तर अहिलेका प्रधानमन्त्री संघीयता असफल बनाउने र शक्ति आफैमा केन्द्रित गर्ने खेलमा लागेको उनको भनाइ थियो ।

सिंहको दाबि छ—‘अहिलेका प्रधानमन्त्री शान्ति प्रक्रिया विरोधी, संघियताको विरोधी, समावेशिता विरोधी हुन् । ’
५ बर्ष ओलीको सरकार रहिरहे लोकतन्त्र समाप्त –

सिंहले ५ बर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने दाबि गरे ।‘ओली र राष्ट्रपती मिलेर शासन गर्न खोजेका छन,हरेक गाउपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ , नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन्’

बिदेशी कुटनीतिबारे जानकार रहेका सिंहले सरकारको परराष्ट्र निति नै गतल भएको बताए ।
मोदी जिसंग केपि ओलीका कारण नेपालकौ सम्बन्ध बिग्रिएको भन्दै उनले देशको परराष्ट्र मात्रै होइन आन्तरिक नीति पनि ठिक नभएको बताए ।

प्रधानमन्त्रीले ‘बुद्धिजिविलाई कोट काट्ने मुसा भन्ने,प्रेसको कलम निमोठ्ने,व्यक्ति मोटाएर अधिनायवाद आउछ, देश कहिल्लै बन्दैन । ’ उनले सुनाए ।

ओलीले एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजे,सबै काण्डमा प्रधानमन्त्रीको संलग्नता छ ः
लोकतन्त्र र कम्यूनिष्ट सरकार सगसगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको दाबि गरे ।

प्रधानमन्त्रीले आफैमा शक्ति सञ्चय गर्ने, संसद, सरकार र न्यायलय,सेना,प्रेसलाई आफु मातहत राख्न खोज्ने, एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजेको उनले आरोप छ ।
संविधान सहमतीको दस्तावेज भएको बताउदै सरकारले संघियतालाई कमजोर बनाउन खोजेको आरोप सिंहले लगाए ।

प्रधानमन्त्री नवदलाल, विचौलीया र दलालहरुको नजिक छन्,यो सरकार काण्डै काण्डको सरकार हो, वालुवाटार जग्गा, ३३ किलो सुनकाण्ड, वाईडवडी, एनसेल, आयल निगम काण्डमा प्रधानमन्त्रीको संलग्नता रहेको आरोप उनले लगाए ।

सिंह भन्छन्—‘ मैलै कुनै प्रतिपक्षी दलका कार्यकर्ताको हिसाबले बोलेको छैन,सबै प्रमाण सुरक्षित छ । ’
सरकारले ल्याएको बजेट संघियताको मर्म विपरित रहेको उनको आरोप छ । ‘प्रदेशलाई ६ प्रतिशत मात्रै बजेट छ यो त संघीयता बिरोधी भएको प्रमाण हो ।’

जनताले ५० हजारको साडी लगाउने राष्ट्रपति खोजेका होइनन् –

अमरेशले अहिलेका राष्ट्रपति बिद्यादेवी भण्डारी नेकपाको मात्रै बनेको दाबि गरे । ‘मैले गणतन्त्रमा विश्वास गर्छु तर राष्ट्रपतीको भूमिका कार्यकारी जस्तो छ,सितलनिवासमै नेकपाको गुटको बैठक बस्ने ,५० हजारको साडी लगाउने,ढेड अर्बको प्लेन चढ्ने यस्तो राष्ट्रपति खोजेको होइन । ’ उनले भने ।
‘जनताले ५० लाखको गाडी चढ्न पाए करोडको गाडी चढ्न मिल्ला तर जनताले सिटामोल पाएका छैनन ।’ उनले भने ।

नेकपाको चुनाब चिन्ह भएको पदक मैले किन लिने ?

गणतन्त्र दिवसमा राष्ट्रपति बिद्यादेबि भण्डारीले आसोपासेलाई पदक बांडिएको उनको आरोप छ । ‘जनताको नजरबाट पदक जित्ने हो ,मैले जितेकै छु, नेकपाको चुनाब चिन्ह सूर्य भएको पदक मैले किन लिने ? उनले भने ।
लोकतान्त्रिक पद्धतीमा राजनितिककर्मी र जनताका विचमा दुरी बढेको उनको भनाइ छ । उनले राष्ट्रपतीका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको समेत बताए ।

राष्ट्रपतिमाथि निकै रुष्ट देखिएका अमशेरले सबै जनताको हुनुको सट्टा नेकपाको कार्यकारी जस्तो बनेको र प्रचार प्रसारमा लागेको बताए ।

प्रधानमन्त्री पिएचडीको लघुताभासमा

सिंहले प्रधानमन्त्री ओलीलाइ पढिएन भन्ने लघुताभास भएकोले जस्ले दियो त्यसैको बिद्याबारिधी उपाधि लिने होड चलेको टीप्पणी गरेका छन् । ‘ओलीजी पिएचडीको लघुताभासमा पर्नुभएको छ । ।अस्ती क्रिश्चियनले दिएको मानार्थ पिएचडी पनि लिनुभएछ । ’

सरकारले लोकतन्त्रको पिल्लर मानवअधिकार, पत्रकार, बुद्धिजिवी, न्यायालयलाई प्रहार गर्न काम गरिरहेको भन्दै अन्जानमा नभइ जानी जानी प्रहार भइरहेको बताए ।

कांग्रेसका नेता समेत रहेका सिंहले लोकतन्त्रका लागि एक पटक फेरी आन्दोलनमा उत्रने बेला आएको बताए । उनले लोकतन्त्र रक्षाका लागि काग्रेस जनताको घरघरमा जाने समेत बताए ।
‘नागढुगांदेखि काण्ठमाडौंसम्मको ७ किलोमिटर सडक बनाउन नसक्ने सरकारले के गर्छ ? काम नगर्ने तर मिथ्यांक बांड्दै हिड्ने ?’ ।

पानी र दूध मिल्छ तर एमाले र माओवादी पानी र तेल –

नेता सिंहले पूर्व एमाले र पूर्व माओबादीको मिलन लामो समय नटिक्ने ठोकुवा गरे । ‘पानी र दूध मिल्छ तर एमाले र माओवादी पानी र तेल हो ,यो दुईवटा मिल्न सक्दैन ,ढिलो र चाडो यी दुई पार्टी फुट्छ ।’
‘जनतालाई चुस्ने,उडुस भनेको एमाले हो,यसले विस्तारै चुस्छ । माओबादीले हानिहाल्ने फोडिहाल्ने उस्को प्रबृत्ति हो, जनताको रगत चुसेर मोटाएको पार्टी एमाले हो । माओवादी ठूलो पार्टी बन्न गयो, तर अहिले झोलमा डुबेको छ ।’

कांग्रेस एक हुन आवश्यक ,भबिश्य सुन्दर छ

कांग्रेस नेता समेत रहेका अमरेशले कांग्रेसले पार्टी कार्यकर्ता सुढृढीकरण गर्नुपर्ने बताए । भविश्य सुन्दर छ अब एक भएर अघि बढ्नुपर्छ । उनले कांग्रेसको महाधिबेशन केहि समय पछि धकेलिनेतर्फ संकेत समेत गरे । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।
तस्वीर कपिल ज्ञवाली