अमिताभ बच्चनको ‘चेहरे’मा यस्तो लुक्स - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अमिताभ बच्चनको ‘चेहरे’मा यस्तो लुक्स



बलिउडका नायक अमिताभ बच्चनको भर्सटायल अभिनयको फ्यान धेरै छन् । उमेर पाको भएपनि उनले अभिनयमा विविधता भने छाडेका छैनन् । उनै, अमिताभले अभिनय गरेको चलचित्र ‘बद्ला’ बक्स अफिसमा सुपरहिट भयो । अहिले, उनी नयाँ चलचित्र ‘चेहरे’को छायांकनमा व्यस्त छन् ।

थ्रिलर जनरामा निर्माण भैरहेको यो चलचित्रमा इम्रान हाश्मीको पनि मुख्य भूमिका छ ।

अभिताभ बच्चनले चलचित्र छायांकन चलिरहँदा आफ्नो लुक्स सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा तस्विर पोस्ट गर्दै आफ्नो लुक्स सार्वजनिक गरेका हुन् । जहाँ अभिताभ बच्चन फरक अवतारमा देखिएका छन् ।

लामो अनि फुलेको दारीमा अभिताभलाई निकै सुहाएको छ । उनले लागाएको चस्मा र टोपीबाट पनि क्यारेक्टरलाई प्रस्टाउन खोजिएको छ ।

अमिताभले अभिनय गरेका सानो बजेटका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । यसैले पनि अमिताभ मल्टिस्टारर चलचित्र भन्दा पनि राम्रो कथाका चलचित्रमा अभिनय गरिरहेका छन् ।