भारतीय राजनीतिले अमिताभलाई दिएको थियो सबैभन्दा ठुलो धक्का - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतीय राजनीतिले अमिताभलाई दिएको थियो सबैभन्दा ठुलो धक्का



एजेन्सी । बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् ।

सन् २००० पश्चात उनका दिनहरु निकै कष्ठकर चलेका थिए । उनी यति ऋणमा डुबेका थिए कि उनी जस्तो फिल्म पाए नी खेल्न तयार रहेका थिए । तर, उनको भाग्य एक्सासी स्टार प्लसको सो ‘कौन बनेगा करोडपति’ कार्यक्रम पश्चात चम्कियो । उनलाई सबैभन्दा ठुलो धक्का भारतीय राजनीतिले दियो ।

सन् १९८४ मा उनले राजनीतिमा कदम राखेका थिए । तर, राजनीतिमा छिरेको केही समय नहुँदै उनलाई किनारा लगाइयो । उनले एक अन्तर्वार्तामा भनेका थिए,‘भावनाको सम्बन्ध गाँसेर राजनीति गर्छु भन्ने सोचेको थिए तर राजनीतिको असली यथार्थ अर्कै रहेछ ।’

सबैलाई थाहा भएकै कुरा हो अमिताभ बच्चन र भारतीय राजनीतिको कुनै समय गहिरो सम्बन्ध रहेको थियो । तर, राजनीतिमा लागे पनि उनले राजनीति बुझ्न भने सकेनन् ।

यसका कारण पनि उनको करिअर राजनीतिमा जम्न सकेन । उता फिल्मी करिअर पनि धरापमा परिसकेको थियो । समाजवादी पार्टीमा लागेका उनलाई अमर सिंहको सम्बन्धले राजनीतिबाट पर पुर्याइदियो । त्यसपछि भने उनी राजनीति देखि धेरै पर रहेका छन् ।